Hamroprayas
 एमालेको निरन्तर प्रशिक्षण  :  नेता र कार्यकर्तालाई बैचारिक बनाउँने विश्वास 

पाल्पा ,फागुन २७
रामपुर नगर कमिटी,पाल्पाद्वारा आयोजित दुई दिवसीय पार्टी प्रशिक्षण कार्यक्रम आईतवार रामपुरमा सम्पन्न भएको छ ।  प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटी सदस्य एवम् स्कुल विभाग उपप्रमुख दलबहादुर गुरुङले पार्टीको कखरा र तथ्याङ्कसँगै उद्यमशीलताका बारेमा सहजीकरण गर्नुभएको थियो । । उहाँले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई उद्यमशीलतासँग जोड्नु पर्ने बताउनुभयो । 

सोही विषयमा नेकपा एमालेले आफ्ना नेता तथा कार्यकर्तालाई प्रशिक्षणका लागि विषयवस्तु तय गरि अघि बढेको उहाँले सहजीकरणका अवसरमा बताउनुभयो । सोही प्रशिक्षणमा रुपन्देही स्कुल विभागका प्रमुख युवराज घिमिरेले माक्सवाद र जबज एवम् बैठक सञ्चालन विधि सम्बन्धि सहजीकरण गर्नुभएको थियो ।  

केन्द्रीय सल्लाहकार परिषदका सदस्य युवराज खनालले प्रशिक्षणले नेता र कार्यकर्ताहरुलाई बैचारिक बनाउँदै लैजानुपर्ने बताउँदै यस्ता प्रशिक्षण निरन्तर सञ्चालन गर्न आवश्यक रहेको समेत बताउनुभयो ।  प्रशिक्षण समापन कार्यक्रममा पाल्पा क्षेत्र नं .१ का सांसद मनननीय नारायण आचार्यले  रामपुर क्षेत्रको एकीकृत विकासमा आफ्नो पार्टी र आफू निरन्तर गतिशील हुने बताउनुभयो । उहाँले प्रशिक्षणमा उठेका पार्टीसँग सम्बन्धित सवालहरुका बारेमा उत्तर प्रदान समेत गर्नुभएको थियो ।  

त्यसै गरी पार्टी जिल्ला सचिव भोजराज  पोखरेलले जिल्ला कमिटीले गरेका निर्णय सुनाउँदै पार्टीका नेता, कार्यकर्ताले आलोचना सहने क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो । उक्त कार्यक्रममा जिल्ला कमिटी उपसचिव दीपक विक,नगर कमिटी अध्यक्ष विष्णुप्रसाद रेग्मी,नगर कमिटी सचिव कीर्तिनाथ श्रेष्ठ लगायतले प्रशिक्षण प्रभावकारी रहेको र व्यवहारिक रुपमा प्रयोग गर्न सबै सहभागीहरुले प्रतिवद्वता जाहेर गरेका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update