Hamroprayas
रेडियो मुक्तिद्वारा पाँच किलोमिटर खुल्ला महिला दौड प्रतियोगिता २०८०”  को आयोजना,तयारी पुरा 


बुटवल ,फागुन २४
महिला समानताका लागि संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो मुक्ति बुटवलले ११४ औँ अन्तराष्ट्रिय  महिला दिवसको अवसर पारेर शुक्रबार आयोजना गरेको  “महिला सशक्तिकरणका लागि खेलकुद,पाँच किलोमिटर खुल्ला महिला दौड प्रतियोगिता २०८०”  को सम्पुर्ण तयारी पुरा गरेको छ । 
बर्तमान परिवेशमा खेलकुदमा महिला सहभागिता देखिए पनि अर्थपूर्ण सहभागीताको भने कमी भएको महसुशीकरण गर्दै महिला खेलाडि उत्पादन गर्ने र महिलाको सशक्तिकरण गर्ने उद्धेश्यले प्रतियोगिता गर्न लागिएको हो । 
खेल प्राविधिकले गरेको नापजाँच अनुसार खुल्ला दौड प्रतियोगिता बुटवल उपमहानगरपालिका वडा नम्बर ४ लुम्बिनी प्रदेश कार्यालयको अगाडिदेखि बुटवलको पश्चिमाञ्चल फाइनान्स सम्म पुगेर खेल शुरुभएको स्थानमा आईपुग्दा पाँच किलोमिटर पुग्नेछ । 
खेल बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यता र उपम्रमुख सासबत्रादेबि अर्याल र लुम्बिनी खेलकुद परिषद्मा सदस्य सचिव जय प्रकास भट्टराईको बिशिष्ट आतिथ्यतामा बिहान ८ बजे खेल शुरु हुनेछ । 
खेल प्राविधिकले नै सबै समय गाइड गर्ने तथा कार्यक्रमको अन्य सम्पूर्ण व्यवस्थापन आयोजकले गर्ने रेडियो मुक्तिका स्टेशन म्यानेजर कल्पना तिवारीले बताउनु भएको छ । 
यस खुल्ला महिला दौड प्रतियोगितामा सबै उमेर समुहका महिला सहभागी हुन पाउने र सबैका लागि प्रवेश निशुल्क गरिएको रेडियोका समाचार प्रमुख,महिला दौड प्रतियोगिता कार्यक्रमका संयोजक अस्मिना पाण्डेले जानकारी दिनुभयो । 

५ किलोमिटर दौड प्रतियोगितामा प्रदेशका विभिन्न पालिकाका करिव ३ सय ५० जना महिला सहभागी हुनेकार्यक्रमको तयारी पुरा भएको संयोजक पाण्डेले बबताउनुभयो । 
प्रतियोगितामा प्रथम परस्कार रु १२ हजार प्रमाणपत्र तथा मेडल ,द्धितिय परस्कार रु. ९ हजार, मेडल तथा प्रमाणपत्र ,तृतीय पुरस्कार रु. ५ हजार ,प्रमाणपत्र तथा मेडल,चौथो हुनेलाई प्रोत्हसान स्वरुप रु ३ हजार र प्रमाणपत्र,पाँचौ हुनेलाई प्रोत्साहन स्वरुप रु २ हजार, प्रमाणपत्र प्रदान गर्ने तथा सहभागी खेलाडीमा सबैभन्दा ज्येष्ठ सदस्यलाई प्रोस्साहन स्वरुप रु १ हजार र प्रमाणपत्र प्रदान गरिने म्यानेजर तिवारीले बताउनु भएको छ । 
२०६५ सालमा स्थापना भएको यस सामुदायिक रेडियोले लैंगिक हिंसा न्यूनिकरण , लैंगिक समानताका र महिला सशक्तिकरणको विषयलाई प्राथमिकतामा राखि संचारको माध्यमबाट बहस , पैरवी र समुदाय स्तरका कार्यक्रम गर्दै आएको छ ।

११४ औं अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च ) फागुन २५ गते शुक्रबार “महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी बिश्वभर एकैसाथ मनाईदैछ मनाईदैछ । 

 

 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update