Hamroprayas
महिला दिवसमा अनेमसंघ पूर्वी नवलपरासीले एकल महिलालाई सम्मान गर्ने 

बुटवल,फागुन २३
नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ,पूर्वी नवलपरासीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर एकल महिलाहरुलाई सम्मान गर्ने भएको छ । 

वृद्व अशक्त तथा अपाङ्गता भएका  सासू–ससुराहरुलाई स्याहार–सुसार, पालनपोषण एवम् सहयोग गर्दै आएका एकल बुहारी÷ महिलाहरुलाई सम्मान गर्ने तयारी रहेको अनेम संघ,पूर्वी नवलपरासीकी अध्यक्ष दया दर्लामीले बताउनु भयो । 

अनेमसंघको जिल्ला सचिवालयको मंगलवार  सुनवलको भूमहीमा रहेको सहिद विष्णु पाण्डेय स्मृति प्रतिष्ठानमा बसेको बैठकले सो निर्णय गरेको अध्यक्ष दर्लामीले बताउनु भयो । 

जिल्लामा रहेका सातवटै पालिकाका करिव पचास जना एकल महिलाहरुलाई फागुन २४ गते सम्मान गरिने उहाँले जानकारी दिनु भयो । उहाँका अनुसार घरघरमा पुगेर वृद्धा सासू–ससुरालाई हर्लिक्स,अण्डा, फलफूल उपहार समेत प्रदान गरिने छ ।

यो कार्यक्रमले अनेम संघलाई जनताको घरदलोसम्म पुराउने,पार्टी र जनताको सम्बन्ध प्रगाढ बनाउँदै लैजाने र अनेम संघको गतिशीलता बढ्दै जाने अध्यक्ष दर्लामीको तर्क छ ।

११४ औं अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च ) फागुन २५ गते शुक्रबार “महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी" भन्ने राष्ट्रिय नाराका साथ देशभर र  "Invest in women : Accelerate progress " 
भन्ने नाराका साथ विश्वभर मनाईदैछ

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update