Hamroprayas
रुपन्देहीको पडेरियाबाट काठमाडौँ जादै गरेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

बुटवल,फागुन २३
रुपन्देहीको पडेरियाबाट काठमाडौँतर्फ जादैै गरेको यात्रुबाहक बस त्रिशूली नदीमा खसेको छ । बस नदीमा खस्दा ४ जनाको मृत्यु भएको छ। बुधबार बिहान ५ बजेतिर रुपन्देहीको पडरियाबाट काठमाडौँतर्फ जादै गरेको यात्रुबाहक बस गति अनियन्त्रित भई त्रिशुली नदीमा खसेको हो।

सशस्त्र प्रहरी बल १ नम्बर गणका सशस्त्र पंहरी उपरिक्षक रामजंग पाण्डेका आदमघाटका अनुसार नम्बर नखुलेको बस आज बिहान धादिङगको गजुरी गाउँपालिका ५ घाटबेँसीस्थित पृथ्वी लोकमार्गमा दुर्घटना भएको हो।

उहाँले दुर्घटनामा परेका ३३ जनाको जिवितै उद्दार गरिएको र उपचारका लागि गजुरी अस्पताल पठाइएको बताउनुभयो ।दुर्घटनामा परी मृत्यु भएकाहरूको सनाखत हुन बाँकी रहेको उहाँले बताउनुभयो ।

दुर्घटना भएको स्थानमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमान्डमा १६ जनाको टोली र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा ६ जना गोताखोर सहित २२ जनाको टोली खटिएको  सशस्त्र पंहरी उपरिक्षक आदमघाटले जानकारी दिनुभयो । 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update