Hamroprayas
 कलाको मूल्य बुझौं

बुटवल,फागुन २२
फागुन २२ देखि २६ गतेसम्म रुपन्देही उद्योग संघ,बुटवलमा प्रादेशिक कला प्रदर्शनी हुँदैछ । निःशुल्क प्रवेशको प्रवन्ध गरिएको उक्त प्रदर्शनीमा लुम्बिनी प्रदेशभरिका एक २४ जना कलाकारका करिव दुईसय कला( चित्रकला,मूर्तिकला र हस्तकला) हुँदैछ । 
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको आयोजना र  रुपन्देही व्यवसायिक कलाकार संघको संयोजनमा उक्त प्रदर्शन बुटवलमा हुनु निकै खुसी र उत्साहजनक कुरा हुन् । कला मृत्युपछिको जीवन भन्छन् तर यो  मृत्युपर्यन्त जीवन हो । कला अमूल्य हुन्छ भन्छन् तर कलाकारले सिर्जनाका मूल्य कायम गरि व्यवसायिक कलाको विकास गरि आत्मनिर्भर कलाकार बनाएर सामाजिक एवम् आर्थिक पाटोमा बलियो बनाउनु वर्तमानको खाँचो हो । 

यो प्रदर्शनीले रैथाने कलाको संरक्षण,सम्वर्द्वन र प्रवर्द्धनमा उल्लेखनीय टेवा पुराउने आयोजकको आशा र उपलब्धि पक्कै पनि पूरा हुन सकोस् शुभेच्छा प्रकट गर्दै शालिन्दा यस्तो कार्यक्रम भईरहेमा कलाकारहरु तिरखारिने थिए । आफ्ना प्रतिभा थप उजागर गर्ने थिए र प्रदर्शनीका आगन्तुकहरुले कलाको मर्म र मूल्य बुझ्नेमात्र होईन खरिद गरि कलाकारहरुको थप सम्मान हुने थियो ! 

कलाकार राज्यका गहना हुन् भन्छन् तर मलाई उनीहरु राज्यका अङ्ग हुन् भन्ने लाग्छ । गहना त चाहिनेबेला लगाउने र अरुबेला थन्क्याउने गरिन्छ तर कलाकारहरुका कला सधैं देखाउने,उनीहरुलाई राज्यप्रति निरन्तर समर्पित गराउने र राज्यकै अङ्गका रुपमा विकास गर्दै लैजादा कलाकारको साँचो सम्भवना सम्भव छ ।   

कलाकारकै कारण नेपाल संसारभर चिनिएको छ । दुनियाँले नेपालका कला संसारभर फैलाएका छन् । नेपाली कलाकार र कलाकारिता मौलिक छन् ,रैथाने छन् । प्रभावकारी र जीवन्त छन् । त्यसैले पनि सोही मर्मलाई मनन गरि बुटवलमा सञ्चालन हुँदै गरेको प्रदर्शनी यस क्षेत्र र विषयका लागि कोसेढुङ्गो सावित हुनेछ । आयोजक र संयोजन गर्ने संस्थाले सबैलाई निम्तो गरेको छ । सबैलाई सहभागिताका लागि आमन्त्रण गरेको छ । 
     सहभागी भई कलाको मर्म र मूल्य बुझौं ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update