Hamroprayas
 डढेलो नियन्त्रण सम्बन्धि सामुदायिक वन समन्वय समिति तिनाउले सप्ताहव्यापी कार्यक्रम गर्ने 

बुटवल,फागुन २०
सामुदायिक वन समन्वय समिति,तिनाउ पाल्पाले डढेलो नियन्त्रण सम्बन्धि सप्ताहव्यापी कार्यक्रम गर्ने निर्णय गरेको छ । 

जसअनुसार बैठकले चैत्र १ देखि ३ गतेसम्म तिनाउका ६ वटै वडामा पोष्टर तथा पर्चा वितरण,माईकिङ,४ गते रुपन्देही र पाल्पाका सीमाना जोडिएका दुबै क्षेत्रका सामुदायिक वनहरुसँग डढेलो नियन्त्रणका लागि एकीकृत गोष्ठी,डढेलो नियन्त्रणका लागि आवश्यक सामग्री वितरण र चैत्र ७ गते तिनाउ–३ को अर्घाछाप सभा हलमा डढेलो नियन्त्रणसम्बन्धि बृहत् आमसभा हुनेछ । 

साथै कार्यक्रममा वन,वातावरण र जैविक विविधता सम्बन्धि सांस्कृतिक कार्यक्रम समेत हुनेछ । तिनाउ गाउँपालिकाभित्र ८४ वटा सामुदायिक वन उपभोक्ता समूह र तीनवटा धार्मिक वन रहेका छन् ।
 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  २२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update