Hamroprayas
बुटवलमा फागुन २२ देखि २६ गतेसम्म प्रादेशिक ललितकला प्रदर्शनी हुने

बुटवल, फागुन २०
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा  बुटवलमा प्रादेशिक ललितकला प्रदर्शनी–२०८० हुने भएको छ । बुटवलमा आइतबार पत्रकार सम्मेलन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका  मुर्तिकला विभाग प्रमुख एवम लुम्बिनी प्रदेश प्रादेशिक प्रदर्शनीका संयोजक पाज्ञ दिनेश्वर महतोले बुटवलमा यही फागुन २२ गतेदेखि २६ गतेसम्म  प्रदर्शनी हुन लागेको बताउनुभयो  ।

‘सामाजिक रुपान्तण ललितकलाको अभियान’ भन्ने मुल नाालाई अघि सार्दै  कलामा जागरण ल्याउनुका साथै रैथाने कला,सीप  ज्ञानलाई तल्लो तहसम्म पु¥याउन  ललितकलाको संक्षण, पबद्धर्न  सर्वाङ्गीक विकास गर्न लुम्बिनी प्रदेशका १२ जिल्लाका १ सय २४ जना कलाकारहरुका २ सय कलाकृतिहरुलाई प्रदर्शन गर्ने लुम्बिनी प्रदेशका सदस्य सचिव एच.बी. रम्तेलले बताउनुभयो ।

फागुन २२ गते लुम्बिनी पदेशका सभामुख तुलााम घर्तीको प्रमुख आतिथ्यतामा समुद्घाटन गरिनेछ । कला, साहित्य, संस्कृति,धर्म,सस्कार, जातजाती  भाषा झल्किने ऐतिहासिक कलाकृतिहलाई समावेश गर्न  यो प्रदर्शनी गरिएको प्रमुख अतिथि तथा  नेपाल पज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले बताउनुभयो ।  

प्रतिष्ठानले प्रादेशिक पर्दशनीमा छनौट भएका प्रतियोगी कलाकृतिहलाई राष्ट्रिय ललितकला पदर्शनीमा समावेश गनिेछ ।  त्यतैगी उत्कृष्ट  पादेशिक ललतिकला पुरस्कार, प्रादेशिक ललितकला विशेष पुरस्कार,उत्कृष्ट विद्यार्थी ललितकला प्रादेशिक पुरस्कार लगायत विभिन्न विधा मध्येबाट १ जनालाई ५० हजार, चित्रकला विधामा परम्परागत चित्रकला  समसामयिक चित्रकला, पम्पागत लोक मर्तिकला, आधुनिक मर्तिकला,शिल्पकला÷हतकला,लोककला,वास्तुकला तथा अन्य सिर्जनात्मक कला विधाका विजेतालाई ३० हजा पुरस्कार प्रदान गरिनेछ ।

प्रादेशिक प्रदर्शनीबाट छानिएका कलाकृतिहरुलाई २०८१ जेठ १५ गते राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी गराई सातै प्रदेशबाट छानिएका कलाकृतिहरुबीच प्रतिस्पर्धाका आधारमा सर्वोत्कृष्ट बन्नेलाई १ लाख नगद  विधागत उत्कृष्ट बन्नेलाई ६० हजार नगद पुरस्कार  सम्मान गरिनेछ ।

त्यस्तैगरी प्रदर्शनी सम्पन्न गर्नका लागि संयोजक पाज्ञ दिनेश्व महतोको संयोजकत्वमा २१ सदयीय मुल आयोजक समिति, ५ सदस्यीय कार्यकारी समिति,९ वटा उपसमिति गठन गरी सहसंयोजक,सदस्य सचिवगठन गरिएको समेत पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । यो समितिले प्रदर्शनीको बीमा कवि गोष्ठी, कलाकाहका बीचमा कला सम्बन्धी अन्तरक्रिया  र विभिन्न विद्यालयका बालबालिका बीच चित्रकला कार्यशाला गरिनेछ ।                      

त्यस्तैगरी यो प्रदर्शनीमा सह– आयोजकका रुपमा नेपाल व्यवसायिक कलाकार संघ रहेको छ । कार्यक्रम नेपाल आर्ट एशोसियशन रुपन्देही अध्यक्ष दिलीप रसाईलीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन जंग बहादुर पहाडीले गर्नुभएको थियो । 
 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  २२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update