Hamroprayas
नेकपा एमाले बगनासकालीमा पार्टी प्रशिक्षण

बुटवल, फागुन १९
नेकपा एमाले बगनासकाली गाउँ कमिटी,पाल्पाको आयोजनामा एक दिवसीय पार्टी प्रशिक्षण कार्यक्रम शनिवार नायरनम्तलेसमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा कम्युनिष्ट कखरा र पार्टीसँग उद्यमशीलता सम्बन्धि विषयमा लुम्बिनी प्रदेश कमिटीका सदस्य एवम् स्कूल विभाग उपप्रमुख दलबहादुर गुरुङले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा केन्द्रीय स्कूल विभाग सदस्य वाईपी आचार्यले सूचना र प्रविधिलाई कसरी पार्टीसँग जोड्ने विषयमा प्रशिक्षण दिनुभएको थियो । साथै उक्त प्रशिक्षण कार्यक्रममा रुपन्देही स्कुल विभागका प्रमुख युवराज घिमिरेले पार्टीका नीति,विचार ,सिद्धान्त र पार्टीको बैठक सञ्चालन सम्बन्धि प्रशिक्षण गर्नु भएको थियो ।

पार्टीका पोलिटव्यूरो सदस्य एवम् पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले बगनासकालीको एकीकृत विकासका सन्दर्भमा अवधारणा प्रस्तुत गर्नुभएको थियो । 

प्रशिक्षण समापन कार्यक्रममा जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे,टीका थापा, सचिव रामजी पोखरेल,जिल्ला कमिटीका सदस्य सरस्वती चिदी, हरि पाठक,ओमप्रकाश गैरे लगायतले प्रशिक्षण प्रभावकारी भएको,पार्टी नेता तथा कार्यकर्ताहरुलाई उर्जाशील बनाएको र पार्टी तथा जनप्रतिनिधिहरुबीचको समन्वयलाई प्रगाढ बनाउन मद्दत गरेको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update