Hamroprayas
असङ्गठित क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने जिफन्ट लुम्बिनीको निर्णय

बुटवल,फागुन १४
नेपाल टे«ड यूनियन महासंघ जिफन्ट लुम्बिनी प्रदेश कमिटीको तेस्रो सचिवालय बैठक सोमबार सम्पन्न भएको छ । कार्यबाहक अध्यक्ष पदम रिजालको अध्यक्षतामा बसेको बैठकलाई सम्बोधन गर्दै जिफन्ट उपाध्यक्ष कमल गौतम पालिकाहरुले श्रमिक पंजीकरण  गर्दै सामाजिक सुरक्षा आवद्ध गर्नु पर्ने धारण राख्नु भयो । 

सचिव हरि कार्की, जिफन्ट महिला कमिटी इन्चार्ज रन्जु भट्टराई उपस्थित रहेको उक्त बैठकले लुम्बिनी प्रदेशमा रहेका १०९ पालिकामा कार्यरत असङ्गठित  क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न पालिका केन्दि«त कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । 

बैठकले अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस जिल्ला स्तरमा जिफन्टको आयोजनमा मनाउने साथै प्रत्येक प्रतिष्ठानले श्रमिकहरुलाई न्यूनतम ज्याला दिनु पर्ने सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नको लागि प्रतिष्ठान स्तरका अभियान संचालन गर्ने निर्णय गरेको अध्यक्ष रिजालले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update