Hamroprayas
४२ औं मगर स्थापना दिवस  : बुटवलमा भोलि मंगलबार सार्वजनिक विदा

बुटवल,फागुन १४
बुटवल उपमहानगरपालिकाले मगर दिवसको दिन फागुन १५ गते बिदा दिने भएको छ। सोमबार बसेको कार्यपालिका बैठकले मगर दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रशासकीय अधिकृत मित्रमणी खनालद्धारा जारी सुचनामा मगर समुदायले मनाउने मगर एकता दिवसका अवसरमा १ लिन स्थानीय सार्वजनिक बिदा दिने निर्णय भएकोले  यस बुटवल उपमहानगरपालिका नगरकार्यपालिकको कार्यालय र अन्र्तगतका कार्यलयहरु, सबै शैक्षिक संस्थाहरु एवं बैंक तथा बित्तिय संस्थाहरुमा स्थानीय बिदा दिईएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागी यो सूचना गरिएको छ,लेखिएको छ । 

मगर दिवसको अवसरमा तिलोत्तमा नगरपालिका सहित अन्य केहि पालिकाहरुले पनि विदा दिएका छन् । मगरहरुले भोलि देशभर ४२ औं मगर स्थापना दिवस मनाउँदै छन् ।
 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update