Hamroprayas
 बुटवलमा दादुरा रुबेलाविरुद्धको खोप अभियान शुरु, बुटवलका करीब ५५ हजार बालबालिकालाई खोप लगाइने

बुटवल,फागुन १३

टवलमा दादुरा रुबेलाविरुद्धको खोप अभियान शुरु भएको छ । आइतबार बुटवल ११ को प्रगति माविमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले स्वास्थ्यकर्मीलाई खोपको बाकस हस्तान्तरण गरी खोप अभियान शुरु भएको घोषणा गर्नुभयो । 

उहाँले यो अभियानमा ९ महिनादेखि १५ वर्षभित्रका कोहीपनि बालबालिकाहरु खोप लगाउनबाट बञ्चित हुन नहुने बताउनुभयो । \ उहाँले बुटवलभित्रका बालबालिकालाई खोप लगाउनबाट नछुट्ने गरी अभियान सञ्चालन गर्न र व्यापक प्रचार प्रसार गर्नका लागि आग्रह गर्नुभयो ।  उहाँले कतिपय ठाउँमा दादुराको महामारी देखिएको बताउँदै खोप लगाउनबाट एकजना बालबालिका पनि छुट्न नहुनेमा जोड दिनुभयो । 

उपप्रमुख सावित्रादेवी अर्यालले खोप लगाउनका लागि विद्यार्थी, अभिभावक र शिक्षकहरुले विशेष चासो दिएर खोपकेन्द्रसम्म ल्याउनका लागि आग्रह गर्नुभयो । 

बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेका अनुसार बुटवलका करीब ५५ हजार बालबालिकालाई खोप लगाइनेछ। जसका लागि बुटवलका १९ वटा वडाका १ सय ६७ वटा खोप केन्द्र तोकिएका छन् भने ५० जना स्वास्थ्यकर्मी परिचालन भएका छन्।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update