Hamroprayas
सत्ताकेन्द्रीत राजनीतिले जनतामा निरासा छायो  : संविधानविद् काशीराज दाहाल 

बुटवल ,फागुन १२

संविधानबिद् काशीराज  दाहालले  संविधानको मर्म अनुसार नेतृत्व नजादाँ मुलकमा समस्या भएको बताउनुभएको छ  । संविधानको मर्म अनुसार जानुभन्दा दलहरुले सत्ता केन्द्रीत गरेर जादाँ जनतामा निरासा  छाएको उहाँको भनाई छ । 

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै संविधानबिद् दाहालले विभिन्न विकसित मुलुकको विकास हुनुको मुख्य कारण संविधानलाई सबैले स्वीकार गर्नु रहेको बताउँदै नेपालमा प्राक्टिस कम हुँदा संविधान पूर्ण हुन नसकेको उल्लेख गर्नुभयो । 

उहाँले संविधानलाई दिगो बनाउनको लागि राजनीतिक शक्तिहरूले यसप्रति अपनत्व राखेर कार्यान्वयनको विकल्प नरहेको बताउनुभयो । प्रशासक विज्ञ समेत रहनुभएका दाहलले संविधानमा लेखेका कुराले मात्रै संविधान पूर्ण नहुने भन्दै यसलाई सही ढंगले कार्यान्वयन गरेमा मात्र संविधान क्रियाशील दस्ताबेजको रूपमा रहने उल्लेख गर्नुभयो । 

रिपोर्टर्स क्लब नेपाल क्लब लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उहाँले योग्य र सक्षम व्यक्ति संसदमा पुगेमा त्यसबाट बन्ने सरकार उत्तरदायी र जबाफदेही बन्ने  बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update