Hamroprayas
शिक्षाको गुणस्तर कायम राख्न सबैको एक्यवद्धता आवश्यक : सभामुख घर्ती

बुटवल , फागुन १२

थानिडाँडा माध्यमिक विद्यालय,तिनाउ -२, बगाह-पाल्पाकाे ४३ ओैं वार्षिकाेत्सव एवम् अभिभावक दिवस कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । 

उक्त कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका सभामुख वसन्त घर्तिमगरले विद्यालयका सब‌ै  समस्याहरुलाई आफूले नजिकबाट देखेकाे र त्यसलाई समाधान गर्न कटिबद्ध रहेकाे बताउनुभयो ।

उहाँले विद्यालयकाे भाैतिक अवस्था कमजाेर भएपनि शैक्षिक गुणस्तर कायम राख्न विद्यालयसम्वद्व  सराेकारवालाहरु सबै ऐक्यबद्धतापूर्वक अग्रसर रहेकाे सुनाउनुभयो ।  

साेही कार्यक्रममा विशिष्ट अतिथिका रुपमा बाेल्दै प्रदेश सामाजिक विकासमन्त्री सिके गुप्ताले थानिडाँडा माविलाई सक्दाे सहयाेग गर्ने बताउँदै आगामी दिनमा विद्यालयकाे थप शैक्षिक प्रगति र उन्नतिका लागि शुभेच्छा प्रकट गर्नुभयो।

तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउ सरकारले शिक्षामा उल्लेख्य वजेट विनियाेजन गरि अघि बढेकाे बताउनुभयो । 

सामुदायिक वन समन्वय समिति,तिनाउका अध्यक्ष दलबहादुर गुरुङले थानिडाँडा माविलाई हरित विद्यालय बनाउने अभियानमा आफ्नाे संस्थाले सक्दाे सहयाेग गर्ने बताउँदै शैक्षिक पर्यटनकाे हव बनाउन सकिएमा थानिडाँडा मावि देशकै नमूना विद्यालय बन्न सक्ने बताउनुभयो ।

उक्त कार्यक्रममा भवानी न्याैपाने,टंकनाथ बस्याल, राजेश श्रेष्ठ,लाेकबहादुर केसी,रुद्व जीसी,ईमानसिंह थापा लगायतले विद्यालयकाे उन्नति र प्रगतिकाे कामना गर्दै शुभकामना ब्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा विद्यार्थी,शिक्षकहरुले सांस्कृतिक मनाेरञ्जन प्रदान गरेका थिए । विद्यालयका प्रअ खुमानसिह जीसीले विद्यालयकाे प्रगति प्रतिवेदन र करिव एक कराेड बराबरकाे आर्थिक गतिविधिका बारेमा जानकारी गराउनुभयो । 

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर थापाकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे।

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update