Hamroprayas
आम्दानी वृद्धिका लागि वन-उद्यम र कृषि-उद्यममा जाेड  दिन आवश्यक

बुटवल,फागुन १०

सामुदायिक वन समन्वय समिति,तिनाउ,पाल्पा र विश्व वन्यजन्तु काेष-नेपालका बीच संस्थागत विकास र समन्वय समितिले गरेका गतिविधिहरुका बारेमा छलफल कार्यक्रम विहिवार दाेभानमा सम्पन्न भयाे ।

समितिका अध्यक्ष दलबहादुर गुरुङले वन,वातावरण र जैविक विविधता संरक्षणका क्षेत्रमा समितिले गर्दै आएका कार्यक्रमका बारेमा जानकारी गराउनु भएकाे थियाे ।

उहाँले तिनाउ क्षेत्रमा रहेका सामुदायिक वनले आम्दानी वृद्धिका लागि वन-उद्यम र कृषि-उद्यममा जाेड दिदै गएकाे बताउनु भयाे ।

विश्व वन्यजन्तु काेष-नेपालकाे टाेली प्रमुख अनन्त भण्डारीकाे नेतृत्वमा आएकाे टाेलीले समन्वय समितिका अध्यक्ष दलबहादुर गुरुङ,वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेय, महासचिव गणेश रास्काेटीसँग सामुदायिक वन समन्वय समिति,तिनाउले सुरु गरेकाे वातावरणीय सेवा भुक्तानी,दालचिनी खेती,प्रवर्द्धनप्रति चासाे राखेकाे छ र आगामी दिनमा समन्वय र सहकार्यका लागि हातेमालाे गर्ने सहमति गरेकाे छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  २०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update