Hamroprayas
समृद्धि हेयर ड्रेसिङ सलोन बुटवलद्धारा पाल्पामा निःशुल्क हेयरकट र शैक्षिक सामाग्री बितरण

बुटवल,फागुन १०
बुटवल अमरपथमा मुख्य कार्यालय रहेको समृद्धि हेयर ड्रेसिङ सलोन एण्ड एकेडमीले नुवाकोट पाल्पामा पुगेर निःशुल्क हेयरकट र शैक्षिक सामाग्री बितरण गरेको छ।

तिनाउ गा.पा –०२, नुवाकोट पाल्पामा रहेको रुपा प्राथमिक बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुको अवस्था दयनीय रहेको र उनीहरुलाइ शैक्षिक पहुच सहज बनाउन सहयोग गरेको सलोन एण्ड एकेडमीका सञ्चालक मोहन ठाकुरले बताउनुभयो । 

उहाँले भन्नुभयो,’ बिद्यालय आएर पढने ईच्छा सवैसंग त छ तर कसैसंग पर्याप्त स्टेशनरी छैन त कसैसंग ड्रेस छैन । कोही खाली खुट्टामा देखिन्छन त कोही चुडेको चप्पलमा । यति हुदा पनि उनिहरुमा पढ्ने ईच्छा भने जवरजस्त छ । उनिहरुको पढाई प्रतिको अठोट हेर्ने हो भने जो कोही पनि प्रभावित हुन्छ सक्छ । उनिहरुको यहि ईच्छालाई साकार गर्न हाम्रो सानो सहयोगले उनिहरुको भविष्य निर्माणमा ठुलो भुमिका खेल्न सक्छ भन्ने लागेर हाम्रो टिम नै पुगेर सहयोग गरेको हो।’

कक्षा ५ सम्म पढाई हुने बिद्यालयमा २७ जना विधार्थी छन् । एकेडमीले विद्यार्थीहरुको फ्रि हेयरकट, स्कुल व्याग र केही स्टेशनरी सामाग्रीहरु सहयोग गरेको छ ।  

सलुन तथा पार्लरले मानिसको रुपरंग मात्र सिङ्गार्ने होईन यस्ता स–साना बालबालिकाकोे भविष्य पनि सिङ्गार्न सहयोगी हुन्छन् भन्ने मान्यता विकास गर्नका लागी यो सहयोग गरिएको सञ्चालक ठाकुरले बताउनुभयो । उहाँले यस विद्यालको शैक्षिक गुणस्तर सुधार्न सबैमाझ अपिल समेत गर्नुभएको छ। बिद्यालयले बुटवलबाट नुवाकोट सम्म आएर बालबालिकालाई सहयोग गरेकोमा बिद्यालय परिवारले धन्यवाद ब्यतm गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update