Hamroprayas
पश्चिमाञ्चल यातायातमा नव निर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण

बुटवल,फागुन ९
पश्चिमाञ्चल यातायात व्यवसायी समिति  बुटवलको हालै सम्पन्न २३ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशन बाट निर्वाचित नयाँ नेतृत्वको बुधवार एक समारोहका बीच  सपथ ग्रहण तथा पद हस्तान्त्ररण गरिएको छ । 

कार्यक्रममा प्रतिवद्धता व्यक्त गदै नवनिर्वाचित अध्यक्ष टीकाराम गौतमले सर्व सहमतीका आधारमा नयाँ नेतृत्व चयन गर्न पूर्वअध्यक्ष सल्लाहकार र व्यवसायीहरुले खेलेको भूमिकाको उच्च सरहना गदै सबैलाई धन्यवाद दिनु भयो । अध्यक्ष गौतमले व्यवसायी एकता र व्यवसायीको हितका लागि सधै खटीरहने प्रतिवद्धता व्यक्त गदै सबैको साथको अपेक्षा गर्नुभयो ।  

समितिको निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितिका संयोजक  महेन्द्र पाण्डेले नव निर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सफथ ग्रहण गराउनु  भएको हो । सपथ ग्रहण पस्चात निर्वाचित हरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ ।

सपथ ग्रहण समारोहमा निर्वाचन समितिका संयोजक पाण्डेले सहमती सहकार्यवाट आएको नयाँ नेतृत्वले विधिी र प्रकृया  पुरा गरि आएको भन्दै संस्थामा रहेका तमाम चुनौतीलाई आत्मसाथ गरी समितिलाई नमूना बनाउन आह्वान गर्नु भयो ।कार्यक्रममा समितिका कार्यालय प्रमुख बाबुराम अधिकारीलेले नव निर्वाचित नेतृत्वले यस संस्थाका कर्मचारीको मनोवल उच्च रहने गरी कार्य सम्पादन गर्नु हुनेछ भन्दै सधै सहकार्य सहमतीमा अगाडी बढ्न सुझाव दिनु भयो ।

कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष हुनु भएका यम प्रसाद पाण्डेले सहमती सहकार्यवाट आएको नेतृत्वले एक वर्ष भित्र गरिने साधारण सभामा व्यवसायीले देख्ने गरी काम गर्न  शुभकामना दिनु भयो । कार्यक्रममा  निर्वतमान महासचिव हरि कंडेलले नवनिर्वाचित महासचिव खिम बहादुर थापा नारायणलाई माइन्युट र निर्वतमान कोषाध्यक्ष हरि रिमालले नवनिर्वाचित कोषाध्यक्ष शंकर लम्साललाई चेक बुक हस्तान्त्ररण गर्नु भएको हो ।


 


 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update