Hamroprayas
नेपाल स्काउट लुम्बिनी प्रदेश आयुक्तमा दिननाथ भट्टराई चयन

बुटवल ,फागुन ७
नेपाल स्काउट लुम्बिनी प्रदेश आयुक्तमा दिननाथ भट्टराई चयन हुनुभएको छ ।  लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री तथा प्रदेश स्काउट प्रमुख सिके गुप्ताले एक कार्यक्रमका बिच चयन गर्नुभयो ।  बिगत पाचँ बर्ष देखि लुम्बिनी प्रदेश स्काउटको प्रमुखको रुपमा काम गदै आउनुभएका भट्टराई दोस्रो कार्यकालको लागि चयन हुनुभएको हो । 

भट्टराईले गरेको कामको उच्च मुल्याङका आधारमा पुन दोस्रो कार्यकालको लागि चयन गरिएको लुम्बिनी प्रदेशका सामजिक बिकास मन्त्री सिके गुप्ताले बताउनुभयो । 

बिगत १२ बर्स देखि स्काउटको निर्वाचन हुन सकिरहेको थिएन बिभिन्न काल खण्डमा तदर्थ समिति बन्ने तर निर्वाचन नगराउने परिस्थितिलाई निकास दिदै लोक बहादुर भन्डारिको नेतृत्वमा तिनै तहको निर्वाचन सम्पन्न भएको थियो।

लुम्बिनी प्रदेश्का ४६ पालिकामा निर्वाचनको सम्पुर्ण योग्यता पुरा गरि निर्वाचन सम्पन्न भएका छन् बाकि रहेका पालिकामा योग्यता पुरा गरि छ महिना भित्र निर्वाचन सम्पन्न गरिने गरि तयारी रहेको छ। 

लुम्बिनी प्रदेशको परिषदको निर्वाचन माघ २७ गते सम्पन्न गरि २० जना परिषद सदस्य निर्वाचित भयका थिय सोहि परिषद भित्र बाट नेपाल स्काउटको ऐन २०५० नियमावली २०७७ ले ब्यबस्था गरे अनुसार भट्टराईलाई प्रमुख स्काउट सामाजिक बिकास मन्त्रीले प्रमुख आयुक्तमा नियुक्ति दिनुभएको हो । 

२०७७ सालमा तदर्थ समितिको सम्योजकका रुपमा नियुक्त लिनुभएका भट्टराईको सक्रियताले आज लुम्बिनी प्रदेशका १०९ पालिकामा स्थानीय स्काउट समितिहरु संचालनमा रहेका छन भने ९२५ जना स्काउट मास्टर र २० हजार स्काउट सदस्य बनाउन सफल हुनुभएको छ ।

 भट्टराइले दोस्रो कार्यकालमा पनि महत्वपूर्ण कार्यक्रमहरु गदै लुम्बिनी प्रदेशलाई नमुना प्रदेशको रुपमा स्काटउबाट चिनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 


 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  २१:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update