Hamroprayas
आदर्श युवा क्लब द्वारा रक्तदान, ५१ पिन्ट रगत संकलन 

बुटवल, फागुन ७
बुटवल उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको आदर्श युवा क्लबको आयोजनामा दोस्रो वृहत् रक्त दान कार्यक्रम गरेको छ ।

सोमबार बुटवल उपमहानगरपालिका वडा नम्बर १५ दुर्गा भवानि मन्दिर चम्किपुर परिषरमा आयोजना गरिएको रक्तदान मा ४१ युनिट रगत संकलन भएको क्लबका अध्यक्ष मनीष काफ्ले ले जानकारी दिनुभयो । 

रक्तदान कार्यक्रम लाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिका का प्रवक्ता तथा वडा नम्बर १५ का अध्यक्ष  शिव रानाले सामाजिक उत्तरदायी अभियान अन्तगत क्लबले गरेको कामको उच्चप्रशंसा गर्नुभयो ।

कार्यक्रममा वडा सदस्य कुल प्रसाद लम्साल,सुर्य काफ्ले ,रमा पौडेल पराजुली ,मन्जु दर्जि, दुर्गा माता भवानी मन्दिरका अध्यक्ष  सन्तोष सिमाङ्गैडा, क्लवका सल्लाहकार बिर बहादुर थापा लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा टोल बिकास संस्था,आमा समूहका अध्यक्ष तथा स्थानियहरुले रक्तदान गरेका थिए । क्लबका सचिव  सार्जन खातीले क्लबले दोस्रो पटक आयोजना गरेको कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र भैरहवाको सहयोग रहेको जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  २१:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update