Hamroprayas
 एट्लस वेयलफेयर अर्गनाईजेशनको अध्यक्षमा कल्पना श्रेष्ठ 

बुटवल, फागुन ७ 
एट्लस वेयलफेयर अर्गनाईजेशनका अध्यक्षमा पुन ः कल्पना श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । अर्गनाइजेशनको सोमबार तिलोत्तमा वनवाटिकामा सम्पन्न भएको आठौं साधारण सभा तथा तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । श्रेष्ठ तेस्रो कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएको हो  । 

संस्थाको उपाध्यक्षमा विष्णु प्रसाद पन्त, सचिवमा सपना खनाल, कोषाध्यक्षमा पुष्पा रायमाझी र सहसचिवमा जोगमाया श्रेष्ठ निर्वाचित भएको निर्वाचन समितिका संयोजक खुमानन्द घिमिरेले जानकारी दिनुभयो । यसैगरी सदस्यहरुमा जीवन बुढाथोकी, लक्ष्मण कुँवर, राजिव श्रेष्ठ, सुनिता श्रेष्ठ, अन्जु श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तै किरण कुमार केसीको संयोजकत्वमा  रमेश श्रेष्ठ र सुलोचना श्रेष्ठ सदस्य रहेको लेखा समितिमा चयन गरिएको छ । यसअघि शंकरनगर वनवाटिकामा वनभोज सहित आयोजित उद्घाटन सत्रमा प्रमुख अतिथि बुटवल उपमहानगर पालिका वाड नंः ८ का वडाअध्यक्ष यज्ञ प्रसाद पंगेनीले संस्थाले गरेको रचनात्मक कामका प्रशंसा गर्नुभयो ।  

कार्यक्रममा संस्थाका सल्लाहाकार ज्ञानु केसी, लेखा समिति संयोजक राजिव श्रेष्ठ, सदस्य विष्णु हरि पाण्डे लगायतले बोल्दै शूभकामना दिनुभएको थियो । 

साधरणसभाको अवसरमा सदस्यहरुका एसईई उतीर्ण छोराछोरी र संस्थागत सदस्यहरु, विभिन्न संस्थामा निर्वाचिन भएका सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । विस २०७२ सालमा स्थापना भएको संस्थाले शिक्षा तथा स्वास्थ्यलाई केन्द्रमा सामाजिक कार्य गर्दै आएको छ । 
 
 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  २१:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update