Hamroprayas
ओखलढुङ्गामा सहकारी शिक्षा

बुटवल,फागुन ७

रिङसिङ लेक सामुदायिक विकास कृषि सहकारी संस्था  लिमिटेड ,तिनाउ -१,ओखलढुंगाले आफ्ना शेयर सदस्यहरुका लागि सोमवार एक दिवसीय आधारभूत सहकारी शिक्षा प्रदान गरेको छ ।

उक्त शिक्षा कार्यक्रममा सहकारीको अर्थ,परिभाषा, सिद्धान्त,रिङसिङ लेक सहकारीको संस्थागत परिचय, आर्थिक ऐना,संस्थाले गर्दै आएका सामाजिक,आर्थिक  एवम् कृषि गतिविधिहरुका बारेमा सहकारी अभियन्ता दलबहादुर गुरुङले सहजीकरण गर्नुभएको थियो । 

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि तिनाउ गाउँपालिका वडा नं। १ का वडाध्यक्ष भुवानससिह चिदीले गाउँमा खुलेको कृषि सहकारीले स्थानीयहरुको आर्थिक आवश्यकतालाई पूर्तिगर्दै आएको बताउनुभयो ।  उहाँले गाउँलेहरुलाई कृषि सहकारीका माध्यमबाट मल,बीउविजन,प्राविधिक सहयोग र कृषिप्रति जाँगरण ल्याई आत्मनिर्भर कृषक बनाउँदै लैजाउनु पर्नेमा जोड दिनुभयो । उहाँले गाउँमा कृषि सहकारी खुलेपछि कृषिले फड्को मारेको उल्लेख गर्नुभयो । गाउँको विकासमा सहकारी नमूना बन्दै गएको उहाँले चर्चा गर्नुभयो ।

सो कार्यक्रममा अतिथिका रुपमा रहनु भएका  सामाजिक ब्यक्तित्व झपिन्द्र रायमाझीले कृषि सहकारीले निर्वाहमुखी उत्पादन नभई निर्यातमुखी उत्पादनमा जोड  दिनुपर्ने ओैल्याउनु भयो । युवालाई गाउँमै स्वरोजगार बनाउन  कृषि सहकारीले योगदान दिन सक्ने भएकोले सोही अनुसारको  योजनामा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्वता जनाउनु भयो । 

उक्त कार्यक्रममा सहभागीहरुका तर्फबाट कुलबहादुर गाहा,गीता राना, धनबहादुर घर्ति,भुवन सुनारी, खुमबहादुर चिदी,ओमबहादुर सुनारी,लोकबहादुर सुनारी र भूमिकुमारी घर्तिले तालिम फलदायी भएको, सहकारीका बारेमा प्रष्ट हुन सकिएको,सहकारीलाई आवश्यक स्वनियम खाँचो पर्ने कुराबारे व्यापक जानकारी हाँसिल हुन सकेको बताउनु भयो ।

 करिव पाँच सय सहकारी शेयर सदस्य रहेको सहकारीले आर्थिक वर्ष २०७९र०८० मा साढे चार लाख शुद्व नाफा गरेको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  २०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update