Hamroprayas
लुम्बिनी सहकारीको बेलबास सेवा केन्द्रमा बाल बचत अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल ,फागुन ७ 
लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि. बुटवल–४, रुपन्देहीले बेलबास सेवा केन्द्रमा आवद्ध भएका बाल सदस्यहरुलाई “बाल बचत अभिमुखीकरण कार्यक्रम” सम्पन्न गरेको छ । 

कार्यक्रममा संस्थाका शिक्षा उप–समितिका सह–संयोजक तथा प्रशिक्षक डा. श्री बाबुराम ज्ञवालीले“बाल बचत अभिमुखीकरण” बिषयक कार्यपत्र प्रस्तुत गर्नुभयो ।  ज्ञवालीलले बालबचतमा सहकारीले दिएका सेवा सुबिभाका बारेमा जानकारी गराउनुभएको थियो । 

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले संस्थाले सबै शाखामा रहेका सदस्यहरुको विकासमा संस्थाले बिशेष ध्यान दिएको बताउनुभयो ।कार्यक्रममा व्यवस्थापक विनोद प्रताप ज.ब.रा.ले संस्थाका क्रियाकलापहरुको बारेमा जानकारी गराउनुभयो ।

बेलवास सेवा केन्द्रका नायव व्यवस्थापक हरि पाठकले संस्थाको परिचय, बचत योजनाहरुको व्याजदर सम्बन्धी बिषयमा जानकारी गराउनु भएको थियो । 

कार्यक्रममा बेलवास सेवा केन्द्रका बाल सदस्यहरुको उल्लेख्य सहभागीता रहेको थियो ।  भने १० जना उत्कुष्ट बालबचतकर्ता सन्जना गैरे, संयोग गैरे, प्रिन्स बस्याल, कृतिका खत्री, सविना सुवेदी, विजिता सुवेदी सिंह, आहान न्यौपाने, पुजा सुवेदी, कृति घर्ति क्षेत्री, श्याम घर्ति क्षेत्रीलाई मायाँको चिनो दिई खादा ओढाई सम्मान गरिएको ब्यवस्थापक विनोद प्रताप ज.ब.रा.ले जानकारी दिनुभयो । 

कार्यक्रम संस्थाका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको अध्यक्षता ,संचालक सदस्य सुजिता शेरचनको स्वागत र संचालक सदस्य तथा शिक्षा उप–समिति संयोजक डा.द्वारिका प्रधानको धन्यबाद ज्ञापनमा सम्पन्न भएको हो । 


                                   

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update