Hamroprayas
पाल्पाको माथागढीमा टिप्पर दुर्घटना हुँदा तिलोत्तमाका २ युवाको ज्यान गयो

बुटवल,फागुन ७

पाल्पाको माथागढी गाउँपालिका–५ आर्थोकघाटमा सोमबार विहान टिप्पर दुर्घटनाहुँदा दुई युवाले ज्यान गुमाएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा रुपन्देहीको तिलोत्तमा–१६ का टिप्पर चालक २४ वर्षीय प्रदिप कुमाल र सोही ठाउँका १८ वर्षीय मनिष परियार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सोमबार विहान रहबास–खैरेनी भित्री कच्ची सकड खण्डमा घामिका ढुङ्गा खानीतर्फ जाँदै गरेको लु २ ख ५६१ नम्बरको टिप्पर दुर्घटनामा परेको हो । दुर्घटना बारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  

 
 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update