Hamroprayas
यातायात व्यवसायी  र उद्योगी व्यापारीहरु बिचको सहकार्य आवश्यक

बुटवल, फागुन ६   
पश्चिम नेपाल बस व्यवसायी  प्रालिद्वारा बुटवल र तिलोत्तमाका बिभिन्न संघसंस्थामा नवनिर्वाचित पदाधिकारीसहित प्रहरी प्रमुखलाई स्वागत तथा सम्मान गरिएको छ ।

हालै सम्पन्न रुपन्देही व्यापार संघको २२ औं साधारण सभा तथा १२ औं अधिवेशनबाट निर्वाचित अध्यक्ष दिपक अधिकारी सहित पदाधिकारी र सदस्यहरुलाई पश्चिम नेपाल बस ब्यबसायी प्रालिद्वारा सम्मान गरिएको छ । 

साथै शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको हालै सम्पन्न ७ औं अधिवेशनबाट निर्वाचित अध्यक्ष किशोर सुवेदी क्षेत्रीसहित पदाधिकारी र सदस्यहरुलाई पनि प्रा.ली.ले सम्मान गरेको छ । सो अवसरमा हालै बुटवलमा सरुवा भई आउनु भएका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक विजयराज पण्डितलाई समेत प्रालिले स्वागत तथा सम्मान गरेको थियो । 

स्वागत तथा सम्मान कार्यक्रममा प्रालिका अध्यक्ष दधिराम खरेलले यातायात व्यवसायी र उद्योगी व्यापारीहरु बिचको सहकार्य आवश्यक रहेको चर्चा गर्दै एकताबद्ध भएर अघि बढेमा हरेक समस्या समाधान गर्न सकिने बताउनुभयो । सरकारले यातायात क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन न आउदासम्म यातायात व्यवसायी र यातायात क्षेत्रको विकास हुन नसक्ने बताउंदै बजार मुल्य र तेलको मुल्य आकाशिदै जानु बैज्ञानिक भाडादर कायम नहुनु आदी कारणले गर्दा व्यवसायी पलायन हुन वाध्य भएको अध्यक्ष खरेलको भनाई छ । 

सो अवसरमा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्ष विजयराज पण्डितले नागरिकको सुरक्षासँग सम्बन्धित बिषयमा उद्योगी ब्यबसायी र नागरिक समाजसँग सहकार्य गरेर अघि बढ्न सकिने बताउनुभयो ।

रुपन्देही व्यापार संघका नवनिर्वाचित अध्यक्ष दिपक अधिकारीले समग्र समाजको बिकास र समृद्धिको यात्रामा सरकारी र गैरसरकारी निकायहरुको भुमिका महत्वपुर्ण हुने धारणा ब्यक्त गर्दै चर्को घरबहाल बुटवलको समस्याका रुपमा रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका नवनिर्वाचित अध्यक्ष किशोर सुवेदी क्षेत्री, पश्चिम नेपाल बस ब्यबसायी प्रालिका संंचालक नारायण घिमिरे, प्रबन्ध सन्चालक रामचन्द्र भुसाल लगाएतले नेपालको बिकासमा यातायात क्षेत्रले पुराएको योगदानको चर्चा गर्दै यातायात क्षेत्रलाई थप ब्यबस्थित र मर्यादित बनाउदै लैजानु पर्ने कुरामा जोड दिनुभएको थियो ।

सामाजिक दायित्व पुरा गर्ने क्रममा विभिन्न संघसंस्थासँग हातेमालो गर्नु जरुरी रहेको बताउदै प्रा.लिले विगतदेखि नै स्वागत तथा सम्मानको कार्य गर्दै आएको छ । 
 

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update