Hamroprayas
प्रहरी हवल्दार ठकुल्ला बुटवलको जंगलमा मृत भेटिए

बुटवल,फागुन ४ 
नेपाल प्रहरीका हवल्दार भूपेन्द्र ठकुल्ला बुटवल नजिकको जंगलमा मृत भेटिनुभएको छ।  मृतक प्रहरी हवल्दार ठकुल्ला प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत रहेको प्रहरीले बताएको छ।

ठकुल्लाको शव शिवनगर सामुदायिक वनमा सडीसकेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी विजयराज पण्डितले बताउनुभयो ।

‘उहाँ काठमाडौंबाट नेपालगञ्ज फर्किंदै गर्दा बुटवलमा झरेको देखिन्छ’, पण्डितले भन्नुभयो । ठकुल्लाको मानसिक अवस्था ठीक नभएको परिवारका सदस्यले बताएको भए पनि घटनाबारे अनुसन्धान भइरहेको उहाँको भनाई छ । उहाँको मानसिक हालत ठीक रहेनछ। एक्लै यात्रा गर्ने क्रममा गाडीबाट झर्नुभयो, जंगलमा खान नपाएर पनि मृत्यु भएको हुनसक्छ। पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ’, पण्डितले भन्नुभयो । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update