Hamroprayas
बिहिबार  सुनको भाउ स्थिर 

काठमाडौं ,फागुन ३

नेपाली बजारमा बिहिबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ भने बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको १ लाख १६ हजार ५०० रुपैयाँ कायम छ ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १५ हजार ९५० रुपैयाँ रहेको छ । यसअघि बुधबार पनि सुन सोही मूल्मा किनबेच भएको थियो । बुधबार सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले बढेको थियो । यता, बिहिबार चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको भाउ प्रतितोला १३ सय ६५ रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९९१।५६ डलरमा र चाँदी प्रतिऔंस २२।३९ डलरमा कारोबार भइरहेको छ । 

 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update