Hamroprayas
बुटवलमा नालापानी फिल्मको तयारी 

बुटवल,माघ २९
नालापानी फिल्मको बुटवलमा प्रदर्शनको तयारी व्यापक भईरहेको छ । फिल्मका निर्देशक रिमेश अधिकारीको टोली यतिबेला बुटवलमा सरकारी तथा संस्थागत विद्यालय र कलेजहरुमा विद्यार्थीलाई फिल्म हेर्नका निम्ति आमन्त्रणको निम्तोसँग अभिमुखीकरण गर्दैछ । 
नालापानी ऐतिहासिक वीरताको कथा हो । यसैलाई आधार मानेर फिल्म बनाइएको निर्देशक अधिकारीले जानकारी गराउनु भयो । उहाँका अनुसार नालापानी हाम्रो पुर्खाले आर्जेर अर्थात् जितेर पनि गुमाउनु परेको भूमि हो । त्यसैको सेरोफेरोमा फिल्म निर्माण गरिएको उहाँले बताउनु भयो । 

साहित्यकार तथा लेखक दलबहादुर गुरुङले नालापानीमा नेपालीहरुले देखाएको अदम्य साहस र वीरताको कथालाई समेटिएर बनाइएको उक्त फिल्म प्रत्येक नेपालीहरुले एकपटक अवश्यक अवलोकन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भूगोलका दृष्टिले गुमेको नालापानी आज पनि भावनाले हाम्रै हो भन्ने सन्देश प्रवाह गर्न पनि फिल्म हेर्नुपर्ने कुरा औल्याउनु भयो । 

फिल्म निर्देशक मनीष पन्थले नालापानी फिल्म नेपाली  सबैका लागि उत्प्रेरित फिल्म भएको र फिल्ममा प्रयोग भएका तात्कालीक भाषा,भेष,युद्ध सामग्री र रणमैदानको वस्तुस्थिति बुझ्न पनि नालापानी हेर्नुपर्नेमा जोड दिनुभयो । 


 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  २२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update