Hamroprayas
सहकारीमा बेथिति गर्ने कारबाहीको दायरमा आउँछन् : गृहमन्त्री पाण्डेय

बुटवल,माघ २९
लुम्बिनी प्रदेश गृह मन्त्री सन्तोष पाण्डेय  सहकारी  बेथिति रोक्नको लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।   
उहाँले सहकारीको  मूल सिद्धान्त भन्दा बाहिर जाँदा सहकारीमा समस्या देखिएको भन्दै  बेथिति गर्नेहरू  जो भए पनि  कानुनी दायरमा  सरकारले ल्याउने बताउनुभयो । 

रुपन्देही  बचत तथा क्रृण सहकारी सङ्घको १८ औ स्थापना दिवसको अवसरमा आज सोमवार बुटवलमा आयोजित मूल समारोहमा बोल्दै  मन्त्री पाण्डेयले लुम्बिनी प्रदेशमा देखिएका सहकारीका समस्या समाधान गर्नको लागि सरकार तयार रहेको बताउनुभयो  । 
उहाँले सहकारीले आर्थिक क्षेत्रमा ठुलो योगदान दिएको स्मरण गर्दै  पछिल्लो समय केही सहकारीहरूमा देखिएको कारणले समग्र सहकारी क्षेत्र प्रति शङ्का उत्पन्न भएकाले त्यो हटाउनको लागि सहकारीका अभियान्यताहरुले जोड दिनुपर्ने बताउनुभयो ।  उहाँले सहकारीमा गलत गर्नेलाई कानुन अनुसार कसर बाँकी नराख्ने बताउनुभयो । 

कार्यक्रममा बचत तथा क्रृण सहकारी सङ्घ नेपालका अध्यक्ष चन्द्र ढकालले अहिले सहकारीहरूको डुबेको क्रृण उठाउनु नै मुख्य चुनौती रहेको बताउँदै देशका कुनै पनि सहकारीले सञ्चालकले गलत गर्ने छुट नभएको बताउनुभयो  । उहाँले अहिले  केही  गलत मनसायमा क्रृण र सञ्चालकहरू भएको कारणले यस्तो अवस्था आए पनि त्यसलाई बिस्तारै सही ठाउँमा ल्याउने बताउनुभयो । 
उहाँले सहकारीमा सुशासन कायम गर्नको लागि आफूहरू लागिरहेको बताउनुभयो  । 

कार्यक्रमका सहकारी सङ्घ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण  प्रसाद नेपाल , राष्ट्रिय सहकारी बोर्डका कार्यकारी सदस्य सदीन्प सापकोटा  सहकारी अभियन्ता  भीम तुलाचन, जिल्ला बचत तथा क्रृण सहकारी सङ्घका अध्यक्ष वसन्त ढकाल नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल ,पत्रकार दामोदर खनाल , जिल्ला सचिव बाबुराम बन्जाडे लगायत बोल्दै सहकारी मर्म भन्दा बाहिर कोही पनि  जान नहुने बताउनुभएको थियो । 
 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update