Hamroprayas
उत्कृष्ट  सहकारी पत्रकारिता पुरस्कार  के सीलाई

बुटवल,माघ २९ 
रुपन्देही  बचत तथा क्रृण सहकारी सङ्घ र नेपाल  पत्रकार महासङ्घ रुपन्देहीको आयोजनामा प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट सहकारी पुरस्कार यस वर्ष पत्रकार तेजेन्द्र के सीलाई प्रदान गरिएको छ । 

आज सोमवार स्थापना दिवसको अवसरमा  आयोजित कार्यक्रमका रातोपाटी अनलाइन लुम्बिनी प्रदेश संयोजक एवं दैनिक पत्र दैनिकको उप सम्पादक केसीलाई  प्रमुख अतिथि सन्तोष पाण्डेयले नगद  १० हजार सहित सम्मान गर्नुभयो  ।

नेपाल पत्रकार महासङ्घले बनाएको मुल्यांलन समितिको आधारमा  प्रत्येक वर्ष एक जना पत्रकारलाई सहकारी पुरस्कार प्रदान गर्ने गरिएको छ । 
     
 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update