Hamroprayas
उत्कृष्ट सेवाग्राहीका रुपमा सम्मानित हुँदै बुटवल

बुटवल,माघ २९
बुटवल उपमहानगरपालिकाले नगर विकास कोषले प्रदान गर्ने उत्कृष्ट सेवाग्राहीको सम्मान पाउने भएको छ। नगर विकास कोषले ३६औ वार्षिकोत्सवको अवसरमा बुटवल उपमहानगरपालिकालाई उत्कृष्ट सेवाग्राहीका रुपमा सम्मान गर्न लागेको हो।

फागुन २ गते नगर विकास कोषले ३६औ वार्षिकोत्सवको अवसर पारेर बुटवल उपमहानगरपालिकालाई उत्कृष्ट सेवाग्राहीको सम्मान गर्न लागेको नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । 

नगर विकास कोषले उत्कृष्ट सेवाग्राहीको सम्मान प्रदान गर्न लागेकोमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले खुशी व्यक्त गर्नुभयो ।  उहाँले आगामी दिनमा अन्य क्षेत्रमा समेत उत्कृष्ट बन्ने प्रयत्नमा नगर रहेको बताउँदै नगरलाई समृद्ध बनाउन प्रयत्नरत रहेको बताउनुभयो ।  उहाँले बुटवललाई उत्कृष्ट पर्यटकीय विश्रामस्थलका साथसाथै देशकै उत्कृष्ट नगरका रुपमा स्थापित गर्ने योजनाका साथ अगाडि बढेको बताउनुभयो ।   

बुटवलमा नगर विकास कोषको लगानीमा बहुतले पार्किङ भवन निर्माणको कामका लागि सम्झौता भइ काम अगाडि बढेको छ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  २०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update