Hamroprayas
एमाले तिनाउ गाउँ कमिटीकोे दोस्रो अधिवेशन फागुन १९ गते

बुटवल,माघ २९
नेकपा एमाले तिनाउ गाउँ कमिटी,पाल्पाको नियमित बैठक सोमवार दोभानमा सम्पन्न भयो । बैठकले फागुन १९ गते गाउँ कमिटीको दोस्रो अधिवेशन भव्यताका साथ सम्पन्न गर्न  विभिन्न उपसमितिहरु गठन समेत गरेको छ  । उक्त बैठकले पार्टी सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण,पार्टी प्रशिक्षण,सांगठनिक गतिविधिहरुलाई चुस्त र  दुरुस्त राख्दै जनसंगठनहरुका  भेला तथा प्रशिक्षणका लागि मिति समेत तय गरेको छ । 

बैठकका प्रमुख अतिथि लुम्बिनी प्रदेश कमिटीका सदस्य एवम् तिनाउ इन्चार्ज दलबहादुर गुरुङले पार्टीको अधिवेशनलाई ब्यवस्थित र प्रभावकारी ढंगले अघि बढाउन तोकिएका उपसमितिहरुले आफ्नो जिम्मेवारीलाई गहन तरिकाले वोध गर्नुपर्ने बताउनु भयो । उहाँले  चुनावको समयमा पार्टीको तर्फबाट तयार गरिएका घोषणा पत्र र प्रतिवद्धताप्रति समीक्षा गर्दै जनप्रतिनिधिहरु अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो । 

प्रमुख अतिथि गुरुङले पार्टी र जनप्रतिनितिहरुको सम्बन्धलाई प्रगाढ बनाउन पार्टी विधानले व्यवस्था गरेको संयन्त्रलाई चलायनमान बनाउनुपर्नेमा जोड दिनुभयो । आउँदो चैत्र ५ गते पार्टीले लिने पार्टीसम्बन्धि परीक्षामा पार्टी सदस्यहरु संलग्न गराउन सम्बन्धित वडा कमिटीलाई उहाँले निर्देशन समेत दिनुभयो । साथै उहाँले जनप्रतिनिधिहरुलाई पार्टी र जनताहरुसँग समदूरी कायम गर्दै अघि बढन सुझाउनु भयो । 

सोही बैठकका विशिष्ट अतिथि लुम्बिनी प्रदेश लेखा कमिटीका सदस्य झपिन्द्र रायमाझीले तिनाउको संगठनलाई थप गतिशील गराउँदै तोकिएको समयमै गाउँ अधिवेशन,भव्यतापूर्वक सम्पन्न गर्न शुभकामना प्रकट गर्नुभयो । उहाँले समाजवाद ल्याउने काम पार्टीको निर्देशनमा जनप्रतिनिधिहिरुले गर्नुपर्नेमा जोड दिनुभयो । जनताको आवश्यकता र खाँचोलाई ध्यान दिर्दै पार्टी अघि बढाउनु पर्नेमा उहाँको जोड थियो । 

बैठकमा एमाले नेताहरु ओमबहादुर घर्तिमगर,प्रेम श्रेष्ठ,रोमबहादुर लम्तरी,लक्ष्मण कुमालले नेकपा एमाले,तिनाउ गाउँ कमिटीको दोस्रो अधिवेशनलाई आफूहरुले सक्दो सहयोग गरी भव्यताका साथ सम्पन्न गर्न लागिगपर्ने बताउनु भयो । जनताहरुको व्यापक उपपस्थितिमा केन्द्रीय नेताहरुले सम्बोधन गर्ने उक्त अधिवेशनलाई नेकपा एमाले,तिनाउ गाउँ कमिटीले आफ्नो पार्टी जीवनमा कोशेढुंगो सावित गर्ने नेताहरुले बताउनुभएको थियो । 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update