Hamroprayas
बुटवलको डेल्टा मार्टमा फागुन १ देखि ३० गतेसम्म नेपाली जुत्ता मेला, ५० प्रतिशत सम्म छुट

बुटवल,माघ २९
बुटवल मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्सको आयोजना तथा नेपाली जुत्ता घर बुटवलको सहआयोजकमा एक महिने जुत्ता मेला लाग्ने भएको छ । ‘स्वदेशी उत्पादनको प्रवर्द्धन, हाम्रो अभियान’ नारासहित संचालनमा आएको मिलनचोक स्थित डेल्टा कम्प्लेक्स परिसरमा फागुन १ देखि ३० गतेसम्म संचालन हुने भएको हो ।

आईतबार पत्रकार सम्मेलन गरि नेपाली जुत्ता घर बुटवलका अध्यक्ष होमनाथ उपाध्यायले मेलामा नेपालका ख्याति प्राप्त फुटवेयर ब्राण्डहरुको बृहत प्रर्दशनी, ५ हजार बढि प्रकारका उत्पादनहरुको फ्याक्ट्रिबाट ग्राहकसम्म सिधै पुग्ने ब्यवस्था मेलामा हुने बताउनुभयो । 

हाल नेपालको ६५ प्रतिशत बजार नेपाली जुत्ताले ओगटेको भन्दै सतप्रतिशत पुग्याउने लक्ष्यमा उद्योगी ब्यवसायीहरु रहेको उहाँले बताउनुभयो । सिमाबाट जुत्ताको चोरीपैठारी नियन्त्रणसंगै नेपाली जुत्ताको प्रयोगको बानी बसाउन मद्दत मिल्ने गरि मेला गर्न लागेको उहाँले बताउनुभयो ।

बुटवल पहाडी र तराईका अधिकास लुम्बिनी प्रदेशको ट्रान्जिन्ट पोईन्ट भएको उहाँले बताउनुभयो । कोभिड पछि व्यापार घटेको बेला नेपाली बस्तुको उपयोग गर्ने उदेश्यका साथ मेला चलाउने जमर्को गरेको उहाँले बताउनुभयो ।

१५–५० प्रतिशतसम्म छुट दिइने, एकअर्काको प्रतिस्प्रधि भएपनि एकै ठाउमा रहेर नया अभियान सफल भएको उहाँले बताउनुभयो । वैशाखमा बुटवलमा उद्घाटनसंगै देशभर जनकपुर, काठमाडौको न्युरोड, सातदोबाटो र बिर्तामोडमा समेत स्वोरुमहरु उद्घाटन भएको उहाँले बताउनुभयो । देशभर मुख्य शहरहरुमा यो वर्ष ११ वटा शोरुम खोल्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । 

कार्यक्रममा मेलाका संयोजक चोलाकान्त पाठकले नेपाली जुत्ताको प्रवर्द्धन नै मुख्य भएको बताउनुभयो । अहिले पुरानालाई अफर दिने र नया उत्पादन गर्ने समय भएको उहाँले बताउनुभयो । अन्तराष्ट्रिय बजारसंग प्रतिस्पर्धा गर्न सकिने क्षमता भएको उहाँले बताउनुभयो । हाल देशभर ३५ अर्ब जुत्ताचप्पलबाट कारोबार हुने गर्छ भने यसमा १७ अरब रुपैया बराबर प्रत्यक्ष लगानी रहेको छ ।

नेपाली उद्योगको १६ करोड जुत्ता उत्पादन गर्न सक्ने क्षमता छ । जबकी माग १० करोड रहेको छ । जसमा खपत साढे ६ करोड जोडी भने बाकी साढे ३ करोड बाहिरबाट आयात हुने गरेको उहाँले बताउनुभयो । बुटवलमा लाग्ने एक महिना अवधिमा डेढ लाख ग्राहकले मेला अवलोकन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा डेल्टाका बालकृष्ण अर्यालले सरकार, व्यापारी, उपभोक्ता तीन पक्षिय फाईदा हुने गरि यो मेला फाईदायुक्त भएको उहाँले बताउनुभयो । कार्यक्रममा स्वोरुमका सदस्य उत्तम देवकोटा, प्रचारप्रसार संयोजक गौतम भुषालले शतप्रतिशत जेनुईन नेपाली उत्पादन, मेला अवधिभर भारी छुट, विशेष सागितिक कार्यक्रमका साथमा गिफ्ट हेम्पर, मःमः उत्सवमा १० बढि स्वादका परिकारहरुको मज्जा लिन सकिने बताउनुभयो । 

जुत्ता घरभित्र हाल पवित्र शुज ईण्डष्ट्रिज प्रा.लिको शुल्यान्ड, रन शु ईण्डष्ट्रिज प्रा.लि.को रन शुज, बेस फुटवेयर ईण्डष्ट्रिज प्रा.लिको बि. एण्ड डियर हिल, लालिगुरा फुटवेयरको कस रोड, शुभकामनाको फस्र्ट वाल्क, बल्याक हर्स शुजको बल्याक हर्स, स्मार्ट शुजको स्मार्ट, रोयल शुजको रोयल तथा एकता शुजको टुरीष्ट ब्राण्डका उत्पादन उपलब्ध रहेका छन्

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update