Hamroprayas
बादल घिमिरेको नयाँ गित ‘कसम तोड्ने भा’,मेलिना र रामजीको स्वर

बुटवल,माघ २६
संगीतकार तथा गायक बादल घिमिरेले नयाँ गीत ल्याउनुभएको छ  । बादलको संगीत रहेको नयाँ ‘कसम तोड्ने भा’बोलको गीतमा गायक रामजी खाँड र गायिका मेलिना राईको स्वर रहेको छ । गीतमा राधा खरेलको शब्द र बादलको संगीत छ । गीतमा विशाल निरौलाको एरेन्ज रहेको छ । 

भिडियोमा बादल र प्रियाना आचार्यले अभिनय गरेका छन् । भिडियोमा पति पत्नीबीचको सम्बन्धमा आउने उतारचढावको कथा प्रस्तुत गरिएको छ । बादलले नै निर्देशन गरेको भिडियोमा नवराज उप्रेतीको छायांकन र पदम सुवेदीको सम्पादन छ । गीत ‘बादल घिमिरे’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

हेरौ भिडियो:-https://youtu.be/tO64Iro-ACs?si=ABNXJv6z0FPUcJFe

 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update