Hamroprayas
रैनादेविको समग्र  विकासका लागि एकिकृत योजना आवश्यक  - एमाले सांसद ठाकुर गैरे

बुटवल,कार्तिक ५ 
चाडपर्वको बेला पारेर नेताहरु अहिले गाउँघरको घुमघाम , जानताहरुसंगको छलफल र गाउँठाउमा देखिएका समस्या समाधानका बारेमा छलफलमा ब्यस्त छन् । 

एमाले सांसद ठाकुर प्रसाद गैरे पनि अहिले गाउँ दौडाहमा ब्यस्त देखिनुहुन्छ ।  गैरे  बाटोघाटोका बिषय,चाडवाडमा आयोजना गरिने शुभकामना कार्यक्रममा सरिक हुदै पार्टीका सिद्धान्त र अबको अभियानका बिषयमा निरन्तर रुपमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । 

यसैबिच गैरे एमाले वडा कमिटी रैनादेबी छहरा गाउँपालिका वडा नम्बर ३ भुवनपोखरी पाल्पाले आईतबार आयोजना गरेको दसैं , तिहार तथा छ्ठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुनुभएको छ । 
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका गैरेले भुवनपोखरीको रैनादेवि र बल्ढेङगढीलाई जोडेर एकिकृत योजना बनाएर अघि बढ्नसके समग्र रैनादेविको विकास हुन सक्ने बताउनुभयो ।

गैरेले तत्कालको देशको अवस्थालाइ हेर्दा आर्थिक रुपमा देशको गतिबिधि चलायमान गराउन कठिन हुने बताउनुभयो ।

जनता महङ्गीको मारमा परिरहेका बेला सरकारले ठोस कदम चाल्न सकेन ,उहाँले भन्नुभयो ।  गैरेले चाडपर्बहरुमा अरुको देखासिकी नगरी मिठो मसिनो जेछ ,त्यही खाएर एक आपसमा रमाईलो संग पर्वहरु मनाउनुपर्ने बिचार ब्यक्त गर्नुभयो । 

कार्यक्रममा बोल्दै पाल्पा पार्टी अध्यक्ष धनेन्द्रराज घिमिरेले पाल्पाको विकासका लागी सबैदलका व्यक्तीहरु उत्तिकै जिम्मेवार हुन आवश्यक रहेको बताउनुभयो । 

नेपालीहरुका पर्बहरुले एक आपसमा भाइचारा स्थापित गर्ने बताउदै देशमा देखिएको आर्थिक मन्दीका कारण जनता मारमा परेको बताउनुभयो । 

कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य मिरा मरासीनि ,अर्का सदस्य झपिन्द्र रायमाझी ,तिनाउ गाउपालिका अध्यक्ष ओम बहादुर घर्ती लगायतले बोल्दै एक आपसमा शुभकामना आदानप्रदान गरेका थिए । 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  २२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update