Hamroprayas
सर्वोच्चको आदेश पालना गर्न माग गर्दै एमाले रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालमा बुझायो ज्ञापन पत्र

बुटवल,माघ २६
सर्वोच्चको आदेशे लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुदर्शन थापालाई ज्ञापन पत्र बुझाएको छ ।
सर्वोच्चले लुम्बिनी प्रदेश सरकारले यसअघि अध्यक्ष अजयमान श्रेष्ठलाई हटाई नयाँ अध्यक्ष नियुक्त गर्न गरेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । तर सर्वोच्चको आदेश मेसुले अवज्ञा गर्दै अध्यक्षलाई पुनर्वहाली नगरेपछि एमाले रुपन्देहीले शुक्रबार मेसु थापाको ध्यानाकर्षण गराएको हो ।

तत्कालीन मुख्यमन्त्री लिला गिरीले नियुक्त गरेका अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठलाई हटाउन सरकारले अस्पताल गठन आदेश खारेज गरेको थियो । त्यसपछि प्रदेश भरका ६ अस्पतालका अध्यक्षहरु रिट सहित सर्वोच्च पुगेका थिए । त्यही बीचमा हालका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारले अस्पतालको अध्यक्षमा जीवन वझालाई नियुक्त गरेको थियो । तर सर्वोच्चले पुरानै निर्णय कार्यान्वयन गर्नु÷गराउनु भनेपनि अध्यक्षमा पुनर्वहाली हुनुपर्ने अजयमान श्रेष्ठलाई अझै पुनर्वहाली गरिएको छैन । मेसु थापाले सर्वोच्चको आदेश कार्यान्वयनमा असहयोग गरेको भन्दै एमालेले ज्ञापनपत्र बुझाएको हो ।

एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसीले अदालतको आदेशपछि स्वतः पुरानै अध्यक्षहरु पदमा रहने भएपनि मेसु थापाले अदालतको आदेशको अवहेलना गरेको बताउनुभयो । उहाँले अन्य पाँच अस्पतालहरुमा पुरानै अध्यक्षहरुले काम गरिरहेको भएपनि लुम्बिनी प्रादेशिक अस्पतालमा भने मेसुकै कारण अध्यक्ष कार्यालयमा आउन नसकेको बताउनुभयो । 

उहाँले मेसु डा. थापालाई अध्यक्षको नेमप्लेट र कुर्ची कार्यकक्षमा राख्न माग गर्नुभयो । ज्ञापन पत्र बुझ्दै डा. थापाले सर्वोच्चको आदेश कार्यान्वयन गर्ने गराउने मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालय रहेको भन्दै आफ्ना कारणले अध्यक्षको पुनर्वहाली नरोकिएको बताउनुभयो । उहाँले मुख्यमन्त्री कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेको बताउँदै मुख्यमन्त्री कार्यालयले नै यो विषय टुंगोमा पुर्याउने बताउनुभयो  ।

साथै उनले आफ्ना कानुनी सल्लाहकारको राय सहित अघि बढ्ने समेत बताउनुभयो  । ज्ञापनपत्र बुझाउने कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सदस्यहरु बावुराम भट्टराई, गोपाल राना, रुपन्देही क्षेत्र नं. २ का ईन्चार्ज ऋषिराम पाण्डे, रुपन्देही सचिवालय सदस्य, बावुराम पन्थी,  नेकपा एमाले रुपन्देही जिल्ला कमिटी सदस्य तथा स्कुल बिभाग प्रमुख युवराज घिमिरे , नगर अध्यक्ष किसन ज्ञवाली, पुर्व मुख्य न्यायाधिवक्ता खुमाकान्त पौडेल लगायत अस्पताल पुगेका थिए ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  २०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update