Hamroprayas
नाट्य सम्राट बालकृष्ण समकाे स्मृतिमा कार्यक्रम

बुटवल , माघ २४

बुटवल १३ जितगढी स्थित लालदरबार कटेजमा पाणिनि साहित्य कला सँस्कृति प्रतिष्ठानकाे आयाेजनामा नेपाली साहित्य र कलाका बहुआयामिक व्यक्तित्व नाट्य सम्राट बालकृष्ण समकाे १२२ ओैं जन्म जयन्ती मनाइएकाे छ । 

बालकृष्ण सम नाट्य सम्राट, एक दार्शनिक, कलाकार, महाकाव्यकार भएकाे हुनाले उहाँकाे स्मृतिमा कला गाेष्ठी तथा स्रष्टा सम्मान कार्यक्रम राखिएकाे हाे ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार चिरन बरालले राणा परिवारमा सबैभन्दा पहिला समशेर थर हटाएर नागरिक सरह हुन्छु भन्दै 'सम' घाेषणा गरेर जहानिया शासनकाे विराेध गर्नु भएका बालकृष्ण सममा रहेकाे क्रान्तिचेत, देशभक्तिपन, कलाकारिता मुलुककाे परिवर्तनकाे लागि महत्वपूर्ण छ । उहाँ नाट्य सम्राट हाे । आज पाणिनि साहित्य कला सँस्कृति प्रतिष्ठानले उहाँले नाटय विधामा दिएकाे अतुलनीय याेगदानकाे कदर गर्दै उहाँकै जन्म जयन्तीकाे दिन पारेर कलाकार एच. बि. रम्तेल, साहित्यकार तिलक लामिछाने र लक्ष्मी भट्टराईलाई सम्मान गर्नु भएकाेमा धन्यवाद दिदै बालकृष्ण समकाे "इच्छा" कविता पढेर सुनाउनु भएकाे थियाे ।

कार्यक्रमा जनप्रतिनिधि तथा आजकाे कार्यक्रमकाे प्रमुख अभिभावक लालबहादुर गुरुङ्ले हामी कलाकार हाैं । कला सार्वभाैम छ । हामी कुनै न कुनै कलामा सिपालु छाैं । त्याे चाैसठ्ठी कलाभित्रकै सीप हाे । हामी कला र कला साधनामा लाग्नु भएका कलाकारलाई सम्मान गर्छाै भन्दै नगरपालिकाकाे तर्फबाट यस्ता कार्यक्रममा सहयाेग गर्ने वचन दिनु भयाे । 

कार्यक्रममा सँस्कृतिविद् राजेन्द्रकुमार आचार्यले पूर्वीय कलामा विकसित  चाैसठ्ठी कलाकाे विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएकाे थियाे । 

कलाकाे बहसमा भाग लिदैं प्राध्यापक मुकुन्द पाेखरेल, सेवा निवृत वरिष्ठ अधिकृत रामप्रसाद अर्याल, समृद्धि सराेकार केन्द्रका अध्यक्ष गणेश घिमिरे, पूर्व जनप्रतिनिधि वेदप्रसाद गैरे, बेबी स्टार बाेर्डिङ् स्कूलका प्रिन्सिपल गीता बन्जाडे, जितेश्वरी पाणिनि उद्यानका सल्लाकार बसन्ता गैरे, अन्तरधार्मिक सद्भाव महासङ्घ नेपालका सदस्य शाेभाकर पाैडेल, छन्द कवि टङ्कनाथ ज्ञवाली, हिन्दु महासङ्घ जिल्ला सदस्य विजय बस्यालले विचार राख्नु भएकाे थियाे ।

कार्यक्रममा जितेश्वरी पाणिनिका उपाध्यक्ष शान्ति श्रीस, काेषाध्यक्ष गिरिराज पाैडेल, विजयटाेल पूर्व अध्यक्ष तथा जितेश्वरी पाणिनि उद्यानका सदस्य एकराज पाण्डे सदस्य हरिदेव थापा, सदस्य माया ओली, सँस्कृति विभाग सँयाेजक सीता आचार्य, साहित्यकार लक्ष्मी पाण्डे, पूर्व काेषाध्यक्ष कमला पाण्डे, पूर्व सदस्य राधा याेगी, सदस्य नामकला न्याैपाने, वसन्ता पाेखरेल, रामप्रसाद पाैडेल, नारायण बन्जाडेकाे उपस्थिति थियाे ।

कार्यक्रममा नाटक विधाबाट सम्मानित तिलक लामिछाने, कला विधाबाट सम्मानित एच. बि रम्तेल, सुशासन प्रवर्द्वनबाट सम्मानित लक्ष्मी भट्टराईले ६४ कला विषयक कार्यपत्रमाथि टिप्पणी गर्दै आफूहरु सम्मानित भएकाेमा बेनु थापा र उहाँकाे विभागका सदस्यलाई धन्यवाद दिनु भएकाे थियाे । 

कार्यक्रम चिरन बरालकाे प्रमुख आतिथ्य, लालबहादुर गुरुङ्काे प्रमुख अभिभावकत्व, कला विभाग सँयाेजक बेनु थापाकाे अध्यक्षता, उपाध्यक्ष पिताम्बर भण्डारीकाे स्वागत, सचिव यमप्रसाद गैरे र अध्यक्ष ऋषि आजादकाे सन्चालनमा सम्पन्न भएकाे थियाे ।

   

 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update