Hamroprayas
डा. भण्डारीले अप्ठ्यारोमा परेका महिला मानव अधिकार रक्षकका लागि अक्षयकोष स्थापना गर्ने 

बुटवल माघ २३
मानव अधिकार पुरस्कार, २०८० मानव अधिकार व्यक्तित्वतर्फ पुरस्कृत  डा. रेणु राजभण्डारीले पुरस्कार बापतको १ लाख ११ हजार  एक सय ११ रुपैया अक्षयकोष स्थापना गर्ने घोषणा गर्नु भएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मंगलबार आयोजना गरेको कार्यक्रममा मानव अधिकारको सम्मान, संरक्षण र सम्वद्र्धनका क्षेत्रमा योगदान पु¥याउन सफल डा. भण्डारीलाई  पुरस्कार प्रदान गर्नुभएको थियो ।

डा.भण्डारीलाई  एक लाख ११ हजार एक सय ११ रुपैया नगद सहित सम्मानपत्र प्रदान गरिएको हो ।
पुरस्कृत व्यक्तित्व डा राजभण्डारीले मानव अधिकार पुरस्कारबाट सम्मानित हुन पाएकोमा खुसी व्यक्त गर्दै मानव अधिकारको क्षेत्रमा थप सक्रिय भई कार्य गर्न हौसला प्रदान गरेको बताउनुभयो।

डा.भण्डारीले आजै यस भन्दा अगाडी प्राप्त मानवअधिकार रक्षक श्री पद्मरत्न तुलाधरको नामबाट स्थापीत पद्मरत्न शान्ती पुरस्कार बाट प्राप्त रकम र मानव अधिकार पुरस्कार २०८० बाट प्राप्त रकम अप्ठ्यारोमा परेका महिला मानव अधिकार रक्षकहरुको रक्षाका लागि अक्षयकोष स्थापना गर्ने घोषणा गर्नु भएको छ। 

सामाजिक संजालमा स्टाट्स लेख्दै भण्डारीले अक्षयकोषमा अहिलेसम्म जम्मा  १ लाख ६१ हजार ११ रुपैयाँ पुगेको जानकारी दिनुभयो ।  डा. भण्डारी महिला मानव अधिकार रक्षकहरुको संजालका सस्थापक हुनुहुन्छ भने महिला अधिकार र वकालतमा सक्रिय हुनुहुन्छ ।

सन् १९४८ मा मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ५०औँ वर्षलाई मानव अधिकार वर्षको रुपमा मनाउने गरी संयुक्त राष्ट्र सङ्घले गरेको निर्णयअनुसार नेपालमा पनि मानव अधिकार वर्ष मनाउन थालिएको हो । 

हेरौ डा. भण्डारीको स्ट्याट्स:-

 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  २२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update