Hamroprayas
शान्ति नमुनामा खेल सप्ताह जारी

रूपन्देही, माघ २३ 
रूपन्देहीको  तिलोत्तमा ५ मणिग्राममा रहेको शान्ति नमुना माविको ६५ औं वार्षिकोत्सवको अवसरमा आयोजित खेल सप्ताह अन्तरगत  मंगलबार पनि विभिन्न  क्षेत्रका खेल भएका छन् । जुनियर १–३, सेक्टर २ (४–५), ६ देखि ९ कक्षामा विभिन्न कार्यक्रम भइरहेका हुन् ।

दोस्रो दिनको खेलमा ६–९ तर्फका २०० मिटर र ४०० मिटर दौड, म्याथमेटिकल दौड, ब्याडमिन्टन,चेस, टेबल टेनिस, सट पुट लगायतका खेल सम्पन्न भएका छन् ।आज भएको चेसको फाइनलमा कक्षा नौका शिशिर बस्याल प्रथम, कक्षा सातका उत्सव खरेल द्वितीय र कक्षा नौका पवन काफ्ले तृतीय भएका छन् । यस्तै शिक्षकहरुबीच भएको कुर्सी दौडमा जनुका रेग्मी प्रथम, गोमता ढकाल द्वितीय र  गीता पन्थी तृतीय भएको प्रतियोगिता संयोजक सीता गौतमले जानकारी दिनुभयो । 

जुनियर तर्फ प्लेट दौड, १०० मि दौड छात्र–छात्रा, थ्री लेग रेस, मिठाई दौड, शुज रेस, मेमोरी टेस्ट, हट पोट्याटो, बलुन ब्रष्ट, स्पुन रेस, ब्याग रेस र म्याथमेटिकल रेस लगायतका खेलहरु भएको प्राथमिक तह इन्चार्ज बसन्ती भण्डारीले जानकारी दिनुभयो ।
यस्तै कक्षा कक्षा ११ र १२ तर्फ सटपुट, फुटबल, ब्याडमिन्टन, हाइजम्प, लङ्गजम्प, १०० मिटर दौड लगायतका प्रतियोगिता सम्पन्न भएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शुसिल पाण्डेले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update