Hamroprayas
लुम्बिनी प्रदेश सरकारद्धारा १६ जना पत्रकार पुरस्कृत

बुटवल, माघ २२
लुम्बिनी प्रदेश सरकारले १६ जना पत्रकारलाई नगदसहित पुरस्कृत गरेको छ। लुम्बिनी प्रदेशभित्र कार्यरत १२ जनालाई श्रृजनशील पत्रकारिता, एक जना पत्रकारलाई अग्रज पत्रकारिता पुरस्कार र ३ जनालाई सामाजिक क्षेत्रमा सेवा पुराएको भन्दै पुरस्कृत गरिएको छ।

रेडियो हाइवेका प्रबन्ध निर्देशक केपि घिमिरेलाई अग्रज पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र गृहमन्त्री सन्तोषकुमार पाण्डेयले संयुक्त रुपमा श्रृृजनशील पत्रकारिता पुरस्कार अन्तरगत ५० हजार, सामाजिक सेवा सम्मान र अग्रज पत्रकारिता पुरस्कारमा एक लाख रुपैयाँसहित पुरस्कृत गरिएको थियो।

श्रृजनशील पत्रकारिता पुरस्कारबाट पत्रकारहरु तेजेन्द्र केसी, दशरथ घिमिरे, चुमा आचार्य, रामप्रसाद चौहान, रबिन्द्रप्रताप गुप्ता, भुुपाल थापा, अर्जुनकुमार वली, जयमान बुढामगर, माधवप्रसाद अर्याल, बीरेन्द्र केसी, सिराजुद्धीन खान, मधुसुदन भण्डारी पुरस्कृत भएका छन्।
यस्तै पत्रकारिता, कला संस्कृतिको संरक्षण, अधिकारको क्षेत्रमा वकालत गर्दै आएका पत्रकार सन्तोष दहित, विमला चौधरी र भगवती पाण्डेलाई पुरस्कृत गरिएको छ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update