Hamroprayas
   शान्ति नमुनामा खेल सप्ताह शुरु 

रुपन्देही, माघ २२ 
रुपन्देहीको  तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माविको ६५ औं वार्षिकोत्सको अवसरमा सोमबारदेखि खेल  सप्ताह शुरु भएको छ । आज भएको  १०० मिटर दौड अन्तर्गत कक्षा ६ मा छात्रतर्फ प्रशान्त कुवँर प्रथम, राज ठाकुर द्वितीय र सृजन सुनार तृतीय भएका छन् ।

छात्रातर्फ आकृति काफ्ले प्रथम, सुदिक्षा भुषाल द्वितीय र आस्था चौधरी तृतीय भएका छन् । त्यसैगरी १०० मिटर दौड अन्तर्गत कक्षा सातमा छात्रतर्फ तिलक बुढा मगर प्रथम, अविरल गौतम द्वितीय, नेत्र बानिया र लिकेश पाण्डे तृतीय भएका छन् भने छात्रातर्फ अस्मिता सुनार प्रथम, अंकिता पंगेनी द्वितीय र ग्रीष्मा ज्ञवाली  तृतीय भएका छन् । 

यसैगरी १०० मिटर दौड अन्तर्गत कक्षा ८ मा छात्रतर्फ प्रकाश बाँनिया  प्रथम, श्याम दर्जी द्वितीय र अविनाश कुँवर तृतीय भएका छन् । छात्रातर्फ पूर्णिमा थारु प्रथम, अमृता पाण्डे द्वितीय, प्राप्ती अर्याल र सृजना चौधरी तृतीय भएका छन् । त्यसैगरि कक्षा ९ मा छात्रतर्फ आकाश नेपाली प्रथम, मेलिसन सारु द्वितीय, उज्वल परियार र किस्मत सारु तृतीय भएका छन् भने छात्रा तर्फ अंशु उप्रेती प्रथम, स्नेहा थापा घर्ती द्वितीय र साबित्रा गौडेल तृतीय भएका छन् । 

यस्तै आजै ब्याडमिन्टन, फुटवल, टेवल टेनिस , बाघ चालका प्रारम्भिक खेल सम्पन्न भएका छन् । यसैगरी कक्षा ११ र १२ तर्फ भएको छात्राहरुको कुर्सी दौडमा दिपिका न्यौपाने प्रथम, प्रियकां क्षेत्री द्वितीय, अस्मिता भट्टराई तृतीय र विशेश्ना सुनार चौथो भएका छन् ।  यसैगरी टेवल टेनिसको प्रारम्भिक चरणका खेलहरु समेत सम्पन्न भएका छन् । 

खेलकुद सप्ताह अन्तर्गत मंगलबार २००, ४०० मिटर दौड , क्रिकेट, ब्याडमिन्टन, म्याथमेटिकल रेस, सटपुट, चेस, कुर्सी दौड लगायतका खेलहरु सञ्चालन हुने विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शुसिल पाण्डेले जानकारी दिनुभयो ।  
वार्षिकोत्सवको अवसरमा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता, रक्तदान, साहित्यिक कार्यक्रम, खाना महोत्सव, पढाई महोत्सव, सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण एवम् सम्मानका कार्यक्रम समेत सञ्चालन हुने विद्यालयका सूचना विभाग संयोजक दिनेश खड्काले जानकारी दिनुभयो  । 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update