Hamroprayas
छैठौ लाफा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८० : संजय र सुरेन्द्रको जोडीलाई भेट्रान्सको उपाधि

बुटवल,माघ २१
लाफा समूह बुटवलको आयोजनामा बुटवलमा सम्पन्न छैठौ लाफा राष्ट्रिय खुल्ला मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगिता २०८० सम्पन्न भएको छ । 

खेल अन्र्तगत ४०+ भेट्रान्स तर्फको उपाधि काठमाण्डौ पि एफ सि का संजय कपाली र सुरेन्द्र कटवालको जोडिले हात पारेका छन् ।

लाफा समुहले बुटवलमा माघ १८,१९ र २० गते आयोजना गरेको बिभिन्न चरणका खेलमा ४०+ भेट्रान्स तर्फको खेलमा कपाली र कटवालको जोडिले बुटवलका बिरेन्द्र बिष्ट र अशोक क्षेत्रीलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् । 

विजेता कपाली र कटुवालको जोडीले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन्। उपविजेता बिष्ट र क्षेत्रीको जोडीले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । खेलमा बाँकेका अनिल लाखे र दिनेश थापा मगरको जोडी तथा अमर रायमाझी (चितवन) र प्रेम गुरुङ (पर्बत)को जोडी तृतीय हुँदै नगद ५/५ हजार, ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएका छन्। 

एक समारोहका बीच विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरूलाई प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उप प्रमुख साबित्रादेबि अर्याल , कलाकार नारायण खनाल लगायतले पुरस्कार प्रदान गरेको लाफा समुहका अध्यक्ष बबिन थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  २३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update