Hamroprayas
क्यान्सर ग्रसित थापालाई मदानेका अध्यक्ष कुवँरको आर्थिक सहयोग

बुटवल,माघ १९

गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुवँरले क्यान्सर विरामी अर्जुन थापालाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ । मदाने गाउँपालिका वडा नं. ४ का ५२ वर्षीय थापा केही महिनादेखि टाउकोको क्यान्सरबाट ग्रसित हुनुहुन्छ । उहाँलाई उपचारमा सहयोग पुर्याउन गाउँपालिकाबाट प्राप्त हुने आर्थिक सुविधा वापतको कोषबाट अध्यक्ष कुवँरले क्यान्सर ग्रसित थापालाई २० हजार रुपैंया सहयोग प्रदान गर्नुभएको हो ।

नेपाली काँग्रेस मदाने गाउँपालिकाका सभापति समेत रहनु भएका कुवँरले आफुले गाउपालिकाबाट प्राप्त गर्ने आर्थिक सुविधा पार्टीको खातामा जम्मा हुनेगरी व्यवस्था मिलाउनु भएको छ । उक्त रकम पार्टी समितिको निर्णयमा खर्च गरीने र सोही अनुसार समितिको निर्णयमा क्यान्सर ग्रसित थापालाई २० हजार रुपैंया प्रदान गरिएको हो ।

गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि पालिकाबाट प्राप्त हुने आर्थिक सुविधा पार्टीको छुट्टै खाता खोलेर खातामा जम्मा हुने उहाँले व्यवस्था मिलाउनु भएको छ । त्यसरी जम्मा भएको रकम पार्टी समितिले निर्णय गरेर मात्रै खर्च गरिने उहाँले जानकारी गराउनु भयो । 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update