Hamroprayas
कञ्‍चनमा ५ वर्षे रोजगार रणनीति योजनाको प्रारम्भिक मस्यौदाबारे छलफल सम्पन्न 

बुटवल,माघ १९

रुपन्देहीको कञ्चन गाउपालिकाले तयार गरेको कञ्चनको ५ बर्षे रोजगार रणनीति योजनाको प्रारम्भिक मस्यौदामाथी बुधवार छलफल भएको छ। कार्यक्रममा पालिकाका जनप्रतिनीधि, कर्मचारी र सरोकारवालाले कञ्चनमा भएको बेरोजगारी समस्यालाई न्युनिकरण गर्न स्थानीय तहले प्रदेश, संघ र बिभिन्न उद्योग तथा कलकारखाना र रोजगार प्रदायकहरुसंग आवस्यक समन्वय गर्नु पर्नेमा जोड दिएका छन।

सो मस्यौदामा कञ्‍चन गाउँपालिका भित्र रोजगारोको अवसर सिर्जना गरि बढ्दो बेरोजगारी र गरिवीलाइ न्यूनिकरण गर्न नेपालको संबैधानीक र कानूनी व्यवस्था भए बमोजिम प्रत्येक नागरिकलाई रोजगारीको हकको सुनिश्चितताले नागरिकलाइ स्वदेशमै रोजगारीमा संलग्न गराउन संघीय लोकतान्त्रिक व्यवस्था अन्तर्गतका सरकारहरु रोजगार तर्फ केन्द्रित रहेको र आर्थिक वृध्दि  र गरिवी न्युनिकरणको आधार नै उत्पानदशिल रोजगारी रहेको उल्लेख गरिएको छ।

नागरिकलाइ न्यूनतम रोजगारीको हकलाइ सुनिश्चित गर्न, उत्पादनशिल रोजगारी र विकासका पुर्वाधारका क्षेत्रमा नेपालको श्रम शक्तिलाइ प्रतिस्पर्धि एबम सुरक्षित रोजगारीमा संलग्न गराइ राष्ट्रिय अर्थतन्त्रलाई सवल र गतिशिल बनाई रोजगारीको हकलाइ व्यवहारिक कार्यान्वयन गर्न स्थानीय तहमा रहेको श्रोत साधन प्रयोग गरि रोजगारिका राष्ट्रिय प्राथमिकता र दिर्घकालिन दृष्टिकोण प्राप्तिमा केन्द्रित हुनु स्थानीय तहले आगामी आ।व। २०८०(०८१को बार्षिक योजनामा आवस्यक बजेट ब्यबस्थापन गरिने पालिकाका अध्यक्ष नवराज ढकालले प्रतिवद्धता जनाउनु भएको छ।

अध्यक्ष ढकालले रोजगारी संबैधानिक व्यवस्था र कानूनी प्रावधान तथा संघ, प्रदेश र स्थानीय तहले तर्जुमा गरेका रोजगारी  सम्बन्धी नीति, नियम, कार्यविधिलाइ आम नागरिकको जीवनमा रुपान्तरण ल्याउन कञ्‍चन गाउँपालिका गाउँपालिकामा रोजगार रणनीतिको आवश्यकतालाई पुरा गर्न श्रोत साधनको समुचित र एकिकृत गरी कञ्‍चन गाउँपालिका गाउँपालिकामा आन्तरिक रोजगारी सिर्जना गर्न सहयोग पुग्नेगरी न्युनतम रोजगारीका कार्यक्रम,उधमशिलता तालिम,व्यवसायिक सिप विकास, सिपयुक्त जनशक्ति परिचालन गर्ने वस्तुगत आधार प्रदान गर्न मस्यौदाले सहयोग गर्नेमा बिश्वास ब्यक्त गर्नु भएको छ।

कार्यक्रममा सहभागीहरुले रोजगार नीति,२०७१ ले नेपालमा उपलव्ध श्रम शक्तिलाई प्रतिस्पर्धी वनाउदै श्रम बजारको माध्यमबाट उत्पादनशील, मर्यादित एव सुरक्षित रोजगारीमा संलग्न गराई राष्ट्रिय अर्थतन्त्रलाई सबल र गतिशिल वनाई गरिवी निवारणमा योगदान पुर्याउने उद्धेश्यका साथ मस्यौदा गरिएको रणनीतिलाई आधार बनाई स्थानीय तह, प्रदेश, संघ र रोजगार प्रदायक संघ संस्थाहरुसंग समन्वय र सहजिकरण गर्नुपर्नेमा वडा नं। ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले जोड दिनु भएको थियो।
स्थानीय तहबाट संचालन गरिने बिभिन्न ब्यबसायिक सिपमुलक तालिमहरुलाई प्रतिफलमा आधारित बनाउन स्थानीय तहले समेत सम्बन्धित पक्ष, प्रशिक्षार्थी, रोजगार प्रदायकहरुको नियमित रुपमा अगुमन र नियमन गर्नु पर्नेमा कञ्चन गाउापालिकाका प्रधानमन्त्री रोजगार संयोजक ईश्वरी ज्ञवालीले जोड दिनु भएको थियो।

कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष हरिनारायण थारु, वडा नं। ३ का वडा अध्यक्ष टीकाराम सापकोटा, वडा नं। २ का वडा अध्यक्ष टेक बहादुर गुरुङले स्थानिय निकायमा सुचिकृत भएका श्रमिकलाई सकेसम्म सोही स्थानिय निकायमा संचालित आयोजनामा परिचालन गर्न सकिएको अवस्थामामात्र रणनीतिको प्रभावकारिता बलियो हुने धारणा ब्यक्त गर्नु भएको थियो। यसैगरी बिषयगत शाखा प्रमुखहरुले छलफलमा सहभागि हुदै स्थानीय तहबाट बितरण गरिने सेवा सुबिधा ९जस्तो अनुदानका कार्यक्रमहरु च्याउ को बीउ, गहुको बीउ, कृषि औजार जाडोमा बाडिने कम्बल झुल आदि० न्युनतम रोजगारी पाउन नसकेका श्रमिकलाई प्राथमिकता दिन सकियो भने दोहोरोपन हट्ने तथा आवस्यकता पहिचान गर्न सहज हुनेमा जोड दिनु भएको थियो ।

रोजगार संयोजक ज्ञवालीले कार्यक्रमको सहजिकरण गर्दै सकेसम्म स्थानिय आफैले संचालन गरेका बिभिन्न बिकास योजना कार्यहरुमा पालिकामा सुचिकृत बेरोजगार ब्यक्तिहरुलाई संलग्न बनाइएको अवस्थामा ूसुचिकृत भएपनि काम पाइदैनू भन्ने स्थानीयको गुनासोलाई केही हदसम्म भएपनि न्युनिकरण गर्न सकिने बताउनु भएको थियो ।पालिका भित्रका सडक मार्गहरुको मर्मत सम्भार, सडकको दायाँ बायाँ रहेका नालीसफाई, झाडी सफाई, पालिकाबाट संचालन भएका बिद्यालय, मन्दिर, तटबन्ध, कुलो तथा रोजगार प्रदाय संघ संस्थाहरु सामुदायिक बन, खानेपानी संस्था, उद्योगबाट समेत संचालन हुने रोजगारमुलक कार्यहरुमा कार्यहरुमा सुचिकृतहरुलाई संलग्न गराउन सरोकारवालाहरुसंग समन्वय र सहकार्य गर्न सकेमा ती कार्यहरुको स्थानीय अपनत्व र दीगो समेत हुने सहभागीहरुले सुझाव ब्यक्त गरेका थिए।

पालिकाका अध्यक्ष नवराज ढकालको अध्यक्षता तथा रोजगार संयोजक ईश्वरी ज्ञवालीको सहजिकरणमा पालिकाको सभाहलमा छलफल कार्यक्रम सम्पन्न भएको हो। उक्त तयार गरिएको पालिकाको ५ वर्षे रोजगार रणनीति योजनाको अन्तिम रुप दिई १५ औं गाउँसभाबाट अनुमोदन गर्नका लागि कार्यपालिकाका पदाधिकारी, जनप्रतिनीधि, बिषयगत शाखा प्रमुख र सरोकारवालाहरुलाई अध्ययन गर्न मस्यौदा उपलब्ध गराइएको संयोजक ज्ञवालीले जानकारी दिनु भएको छ।

१५ औं गाउँसभाको दोश्रो बैठक भोली १९ गते शुक्रवार बिहान ८ बजे पालिकामा बस्ने कार्यसूची रहेको छ भने पहिलो बैठक यही माघ १५ गते बसेको थियो। छलफल कार्यक्रममा पालिकाका कार्यपालिकाका पदाधिकारी, जनप्रतिनीधि, बिषयगत शाखा प्रमुखहरु, ५ वटै वडाका वडा सचिवहरु, कर्मचारी र सरोकारवालाहरुको सहभागिता रहेको थियो।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update