Hamroprayas
स्टेशनरी व्यवसायी महासंघ बुटवलको अध्यक्षमा रामप्रसाद भुसाल

बुटवल,माघ १५
स्टेशनरी व्यवसायी महासंघ बुटवल उपमहानगरको भेला तथा तेस्रो अधिवेशनले राम प्रसाद भुसालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमितिको गठन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा अस्मिता काफ्ले घिमिरे सचिवमा सरोज खनाल कोषध्यक्षमा अर्जुन बस्याल रहनु भएकोे छ त्यसैगरी कार्यसमितिको सदस्य हरुमा थ्रिलाल भट्टराइ,पुष्पा भण्डारी,गोकुल पन्थ बिष्णु प्रसाद ज्ञवाली भोजराज अधिकारी विराज पोख्रेल,गोविन्द ज्ञवाली, अमित अर्याल साहाश शर्मा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत हेमानन्द शमाले जानाकारी दिनुभयो ।

निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम पनि सम्पन्न भएको छ । कार्यक्रममा नयानिर्वाचित अध्यक्ष तथा कार्यसमितिका पदाधिकारी सदस्यहरुलाइ निर्वाचन अधिकृत हेमानन्द शर्माले संस्थाको विधान अनुसार सपथग्रहण गराउनु भएको थियो । निर्वतमान अध्यक्ष बोधराज शर्माले नव निर्बाचित अध्यक्ष रामप्रसाद भुसाललाइ  पदस्थापन गराउनु भयो । त्यस्तैगरी निर्वतमान सचिव राजु भारीले नवनिर्वाचित सचिव सरोज खनाल लाइ माईन्युट हस्तान्तरण गनुभएको थियो । 

कार्यक्रममा पुस्तक तथा सटेशनरि ब्यवसायी महासंका केन्द्रीय सदस्य गणपति पाण्डे,महासंघका निवर्तमान जिल्ला अध्यक्ष रामकृष्ण चापागाइ, निर्वाचन अधिकृत हेमानन्द हर्मा,जिल्ला उपाध्यक्ष तथा निवर्तमान नगर अध्यक्ष बोधराज शर्मा,महासंघ जिल्ला सचिव बालकृष्ण भण्डारी, पत्रकार केशव भण्डारी, दिपेन्द्र जिसी, राजु भारी लगायतले बोल्दै ब्यवसायीका हकअधिकार संगै ब्यवसायिक कर्तव्य पालना गरेर अगाडी बढ्न आग्रह गरेका थिए । 

कार्यक्रमा नवनिर्वाचित अध्यक्ष राम प्रसाद भुसालले समितिले ब्यवसायीका हकहित र सामाजिक दायित्वलाई सिरोर्धाय गरेर अगाडि बढ्ने बताउनु भयो । कार्यक्रम नवनिर्बाचित सचिव सरोज खनालको संचालन उपाध्यक्ष अस्मिता काफ्लेको स्वागतमा सम्पन्न भएको थियो । 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  ०७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update