Hamroprayas
रोहिणीमा खिचडी महोत्सव तथा सांस्कृतिक कायर्यक्रम

रोहिणी,१४ माघ
रुपन्देहीको रोहिणी गाउपालिकाका माघी पर्वको अवसरमा खिचडी महोत्सव तथा विविध सांस्कृतिक कार्यक्रम शनिवार सम्पन्न भएको छ। रोहिणीको चंखीपुरमा भएको कार्यक्रममा थारु परम्परा र संस्कृति झल्किने खानाका परिकार, सांस्कृतिक झांकी, नृत्य प्रदर्शन भएको थियो।

कार्यक्रमको शुभारम्भ गर्दै प्रतिनीधि सभा सदस्य लालविर चौधरीले तराइको भुमिपुत्रको रुपमा रहेका थारु समुदायको परम्परा, संस्कृति र रितिरिवाजहरुलाई अन्य आगन्तुक देशी तथा बिदेशी संस्कृतिले आक्रमण गरिरहेकोले हरेक थारु समुदायमा थारु संस्कृति झल्किने झुमरा, झर्रा, रेकर्ड डान्स लगायत कला संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न पुस्तान्तरण गर्न आवस्यक रहेको बताउनु भयो।

कार्यक्रमका प्रमुख अतिति समेत रहनु भएका सांसद चौधरीले थारु जातीको अर्धनग्न तथा छोटो पहिरन नभई पुरा शरीर ढाक्ने महिलाहरुको लेहेङ्गा र पुरुषहरुको धोती भएकोले पर्व र बिशेष कार्यक्रममा मात्र नभई हरेक समय आफ्नै पहिरनको प्रयोग नगरे हाम्रो संस्कृति र परम्परा भविष्यमा संग्राहलयमा सिमित हुने बताउनु भयो।

यस्तै रोहिणी गाउँपालिकाका उपाध्यक्ष शिवकान्ती चौधरीले हाम्रो छुट्टै भाषा, परम्परा, संस्कृति, साहित्य, रिति रिवाज भएकै कारण थारु जाती फरक जाती भएको उल्लेख गर्नु भयो। आयातित संस्कार अंगालेपछि हाम्रो संस्कृति र पहिचान समेत बिलय हुने भएकोले अरुको देखासिकी गरेर होइन आफ्नै संस्कार र परम्परालाई छोड्न नहुने आग्रह गर्दै उपाध्यक्ष चौधरीले हामीलाई हाम्रो भाषा, धर्म,संस्कृति, रितिरिवाज र कला साहित्य प्रति गर्व भएको र यसलाई जिवन्त बनाउन नयाँ पुस्तामा अनिवार्य हस्तान्तरण गर्नु पर्नेमा जोड दिनु भयो ।

रोहणिी गाउपालिकाको सहयोगमा भएको कार्यक्रममा रोहिणी गाउपालिका वडा नं. ६ का वडा अध्यक्ष इन्द्रमान चौधरी, थारु कल्यणकारीणी सभाका केन्द्रि परिषद सदस्य नरसिंह चौधरी, राजकुमार चौधरी, निलकला चौधरी लगायतले बोल्नु भएको थियो।
सभाका अध्यक्ष डा.सरोज सिंह चौधरीको अध्यक्षता,ऋषीकेश चौधरीको स्वागतमा सम्पन्न कार्यक्रमको संचालन अनिल चौधरी र निरमा चौधरीले गर्नु भएको थियो। थारु कल्याणकारीणी युवा परिषदका उपसभापत राजेश चौधरीको समेत बिशेष सहयोगमा संचालन भएको कार्यक्रममा झुमरा नाँच, रेकर्ड डान्स, झर्रा नाँच, सांस्कृति झांकी तथा नृत्य प्रस्तुत गरिएको थियो।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update