Hamroprayas
लैगिंक विभेद र जातिय छुवाछुत हटाउन कानूनी सचेतना

बुटवल,माघ १४
लैगिंक बिभेद र जातिय छुवाछुत हटाउन कानूनी सचेतना आवश्यक भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
श्रृजनशिल समाज नेपाल रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका वडा नं. ८ को आर्थिक सहयोगमा माघ १३ गते बुटवलमा आयोजित कानूनी सचेतना सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रममा यस्तो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नं ८ का अध्यक्ष यज्ञ प्रसाद पंगेनीले समाजमा हुने विभिन्न खालका विभेद र लैगिंक हिंसाको न्यूनीकरण गर्नका लागि यस्ता खालका कार्यक्रमको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
अध्यक्ष पंगेनीले समाजमा हुने विभेदहरुको अन्त्य गरी समाज रुपमान्तरण आफुहरु सक्रिय भएर लागेको बताउदै आफ्ना वडावासीहरुका आधारभूत आवश्यकताहरु पूरा गरी कसरी खुशी बनाउन सकिन्छ त्यस्ता विषयहरुमा वडाको सिंगो टिम लागि परेको बताउनुभयो ।

कार्यक्रममा वडा सदस्य सविता विकले समाजमा भएको जातिय भेदभाव र छुवाछुत जस्ता जगन्य अपराधहरुलाई नदोहोरियोन र समाजमा समानताको अनुभूति गर्ने वातावरण सिर्जना गराउने उद्देश्यले दलित लक्षित बजेट मार्फत टोल विकास संस्थाका पदाधिकारीहरुलाई समाबेशि सहभागितामा कार्यक्रम गरेको बताउनुभयो ।कार्यक्रमको सहजीकरण श्रृजनशिल समाज नेपालका महासचिव अधिवक्ता दिपा सुनार र संस्थाका अध्यक्ष रीमा बि.सी.ले लैगिंक हिंसा, कानूनी प्रावधान र जातिय भेदभाव तथा कानूनी व्यवस्था सम्बनधी विषयमा सहजीकरण गर्नुभएको थियो ।     

कार्यक्रममा सहभागीको तर्फबाट तिल बहादुर रानाले समाजमा हुने विभेदलाई अन्त्य गर्नका लागि यस्ता खालका तालिमले चेतना अभिबृद्धि हुने र समाज परिवर्तनमा सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा ज्येष्ठनागरिक डोलेन्द्र गहतराजले समाजमा जातिय विभेदका घटनाहरुको अझै रहिरहनु दुखद भएको भन्दै विभेदको अन्त्य गर्न भाषणमा मात्र नभएर मनैदेखि लाग्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा सावित्री शर्मा,कविता गौतम,पुनम रजाली लगायतले बोल्दै समाजमा हुने विभेद हटाउनका लागि यस्ता कार्यक्रम महत्वपूर्ण रहेको भन्दै सिकेका सिकाईलाई आ आफ्नो टोलविकास संस्था मार्फत कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा बुटवल ८ का ३६ जना सहभागीहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update