Hamroprayas
घाम लुकेका दिनहरु

थाहा छैन !
कुन पापीले पठायो 
तुँवालो 
हुस्सु 
वायुमण्डलमा 
अनि 
छेक्यो सूर्यलाई !
हुन त 
सूर्यलाई नै गायब 
गुमनाम 

निमिट्यान्न 
पार्छु भन्दै 
उफ्रिनेहरु 
दुईरचार दिन 
सूर्यको दर्शन नपाउँदा 
लुकेका घाम खोज्न 
आफै 
जुलुश लगाउने शूरमा छन् ।
बालेर आगो चोकचोकमा 
लगाएर धूनि चौराहमा 
खोजी रहेका छन् 
घाम लुकेका दिनहरु 
हटाउन 
उफ्रिउफ्रि !

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  ०८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update