Hamroprayas
प्रकृतिको कोसेली

फुर्पा तामाङ 

लाग्थ्यो, हिमालको चिसो उतै छोडेर आएको
छु मैले
तर होइन रहेछ 
जाडो त मैसंग पछ्याएर आएछ
सोचेको थिएँ हिमाल उतै छ, हिउँ उतै छन्
चिसो पनि उतै होला
तर होइन रहेछ
चिसो त मेरै पछि लाएर मधेश झरेछन्
ऊ साह्रै बदमास छ
मेरै कोठाभित्र छिरेर बसिदिन्छ
म हिटर बाल्छु र भगाउँछु
तर हिटर निभ्यो कि ऊ टुप्लुक्क आईपुग्छ
भन्न मन लाग्छ तिमी हिमालतिरै जाओ
ऊ उकालो लागे आकाश खुल्ला
घाम लाग्ला र न्यानो पाउँला।
म बिहान उठेर घामको प्रतीक्षा गर्छु
तर आकाशभरि हुस्सुले ढाकी दिन्छ 
रैथानेसंग सोध्दा, भन्छन्-' यो तराई-मधेश
यस्तै हो,
पुस,माघभरि शितलहर चल्छ
यो प्रकृतिको कोसेली हो
फागुन-चैतपछि तातो  घाम लाग्छ'।।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  २१:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update