Hamroprayas
 व्यवसायिक पत्रकारितालाई सघाउन डिजिटल प्रविधि आवश्यक : प्रदेश युवा परिषद उपाध्यक्ष

बुटवल ,माघ ५ 
समय अनुसार प्रविधिको प्रयोग आजको आवश्यकता रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । बुटवलमा युवा पत्रकारलाई लक्षित गरेर आयोजना गरिएको डिजिटल प्रविधि तथा अनलाईन व्यवस्थापन तालिमको शुक्रबार आयोजित समापन कार्यक्रममा बोल्ने सहभागीहरुले सो कुरा बताएका हुन्  ।  

लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषदको आयोजना तथा सञ्चारिका समुह लुम्बिनीको समन्वयमा आयोजना गरिएको तीन दिने तालिम समापन कार्यक्रममा बोल्दै युवा परिषद् लुम्बिनीका उपाध्यक्ष गोविन्द केसीले सिकेको सिप व्यवहारमा लागुगर्न अनुरोध गर्नुभयो । उपाध्यक्ष केसीले सिकाई जिवनमा निरन्तर हुनुपर्ने बताउदै युवालाई प्राविधिक सिप सिकाउन परिषद्को तर्फबाट सक्दो पहल गर्ने बताउनुभयो ।

उहाँले अहिलेको समयमा संसारको जुनसुकै ठाउँबाट प्रविधिको माध्ययमबाट धेरै काम गर्न सकिने बताउदै रुपन्देहीको बुटवलबाट युवा पत्रकारहरुको सिकाई उपलब्धिमूलक भएकोमा खुशी ब्यक्त गर्नुभयो । उपाध्यक्ष केसीले छिट्टै नै आवेदन दिएका र इच्छुक युवाहरुका लागी तालिमको आयोजना गर्ने बिश्वास ब्यक्त गर्नुभयो । नयाँ नयाँ प्रविधि पछ्याउने युवाले स्वदेशमै बसेर पनि विदेशमा भन्दा बढी नाम र दाम कमाएको बताउदै अवसर छैन भनेर विदेश जाने युवालाई रोक्न पनि युवामाझँ यता तालिम लैजानुपर्ने उहाँको भनाई थियो ।  उपाध्यक्ष केसीले पत्रकारितामा पछिल्लो समय डिजिटल प्रविधि बढ्दै गएको बताउदै व्यवसायिक पत्रकारितालाई सघाउन यस्तो तालिम आयोजना गरेको समेत बताउनुभयो  ।

संचारिका समुह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले युवाहरुको चाहाना र बढ्दो प्रविधिको प्रयोगका बिषयमा युवा परिषद्ले सहकार्य गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । अध्यक्ष अनमोलले तालिमको बिषयका बारेमा आवेदन माग गर्दा सोचे भन्दा धेरै आवेदन परेकाले पनि प्रविधिमा युवाहरुको चासो रहेको प्रष्ट भएको भन्दै आगामी दिनमा पनि यस्ता खालका तालिम आयोजना गर्न आवश्यक रहेको बताउनुभयो । 

३ दिन सम्म चलेको तालिममा अनलाईन ब्यवस्थापन ,फोटो अपलोड र आचारसंहिताका बिषयमा बरिष्ठ पत्रकार दिपक ज्ञवाली,फोटोसपका बिषयमा ग्राफिक डिजाईनर प्रशिक्षक अमृत गोतामे र वेवसाईट सुरक्षा र फिचरका बारेमा वेव डिजाईनर कृष्ण न्यौपानेले प्रशिक्षण दिनुभएको थियो ।

रुपन्देहीका २५ युवा पत्रकार सहभागी भएको तालिमको समापन कार्यक्रममा बोल्दै तालिममा सहभागी पत्रकार रबिन्द्र गुप्ता , बिण्णु पोखरेल, अस्मिना पाण्डे, माया केसीले तालिम उपलब्धीमूलक रहेको भन्दै आगामी दिनमा एडभान्स तालिमको आयोजना गर्न माग गरेका छन् ।   
 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  २०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update