Hamroprayas
लुम्बिनी बोर्डिङमा खेल महोत्सव शुरु

बुटवल,माघ ५
स्वास्थ्यका लागि खेलकुद : राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ विद्यालयको  वार्षिक कार्यतालिकानुसार बुटवल ३ चिडियाखोला सहस्रपथमा रहेको लुम्बिनी बोर्डिङ स्कुलमा खेल महोत्सव २०८० शुभारम्भ भएको छ । विद्यालयका सह प्राचार्य कौशलराज बस्यालको अध्यक्षतामा आयोजित खेल महोत्सवको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बुटवल उपमहानगरपालिका वडा नं ३ का वडा अध्यक्ष श्री विष्णु ढकाल रहनु भएको थियो । 

तीन दिनसम्म सञ्चालन हुने खेल महोत्सवको उद्घाटन कार्यक्रममा अतिथिका रुपमा विद्यालयका प्राचार्य एवम् प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरी पाण्डे, विद्यालयका कोर्डिनेटर सुदिप बस्याल, प्राइमरी इन्चार्ज लता प्रधान, खेल महोत्सव संयोजक मनिष अर्याल लगायत शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो । 

प्रमुख अतिथिबाट रिबन काटेर अनि प्रमुख अतिथि र विद्यालयका प्राचार्यबाट ब्याडमिन्टन खेलेर उदघाटन गरिएको खेल महोत्सवमा विद्यालयमा अध्ययनरत कक्षा नर्सरी देखि कक्षा ९ सम्मका विद्यार्र्थीहरुले सहभागिता जनाएका छन् । खेल महोत्सव उद्घाटन सत्रमा उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्दै विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख माधव भट्टराईले कार्यक्रमको उद्देश्य र खेलको महŒवमाथि प्रकाश पार्नु भएको थियो ।

माघ ५ गते उद्घाटनका दिन कक्षा ६, ७, र ९ मा अध्ययनरत विद्यार्थीहरूका बिच ब्याडमिन्टन, भलिबल, स्लो साइकल रेस, स्याक रेस जस्ता खेलहरु सञ्चालन भएका छन् भने कक्षा १ देखि ५ सम्म १०० मिटर दौड, स्वीट रेस, म्युजिकल चियर र हट पोटेटो जस्ता खेलहरु सञ्चालन भएका छन । यसै गरी प्राथमिक कक्षाहरुमा भने स्वीट रेस, हट पोटेटो र स्पून रेस खेलहरु सञ्चालन भएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update