Hamroprayas
महिलाहरुलाई आत्मनिर्भर बनाउन सिपमुलक तालिम आवश्यक

बुटवल,माघ ४ 
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा न.१५का महिलाहरुलाई सिपमुलक तालिम प्रदान गरिएको छ ।बढ्दो बेरोजगारी समस्यालाई समाधान गर्न ३० दिने झोला तथा लेडिज सेन्डल,जुत्ता बनाउने तालिम दिइएको वडा सदस्य तथा कार्यक्रम संयोजक रामा पौडेल पराजुलीले जानकारी दिनुभयो  ।

सामाजिक विकास डिभिजन कार्यालय लुम्बिनी प्रदेशको आर्थिक सहयोग तथा ग्लोबल ट्रेनिङ सेन्टर र ए फोर ट्रेनिङ सेन्टरको व्यवस्थापनमा भएको तालिमको समापन बुधबार सम्पन्न भएको हो । सो कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सदस्यद्धय जमुना ढकाल र हेमा बेल्बासेले महिलाहरु आत्मनिर्भर बन्न सिपमुलक तालिम आवश्यक रहेको कुरा औँल्याएका छन् । 

महिलाहरुले बढ्दो बेरोजगारी समस्या समाधान गर्न यि यस्ता तालिमले महत्वपुर्ण भुमिका खेल्ने पक्षमा काम गर्न तयार रहेको बताएका छन् । तालिमबाट महिलाहरुले सिप हाँसिल गरेको बताउदै एडभान्स तालिम ल्याउन आफुहरुले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बुटवल नगरपालिकाका प्रबक्ता तथा बुटवल उपमहानगरपालिका वडा न.१५का वडाअध्यक्ष शिव रानाले सिपमुलक तालिमबाट महिलाहरुलाई आत्मनिर्भर बनाउन लागेको बताउनुभयो  । प्रदेश सरकारले बुटवल १५का महिलाहरुलाई रोजेर यो सिपमुलक तालिम सञ्चालन गरेको प्रति धन्यवाद प्रकट गर्दै आगामी दिनमा स्वरोजगारका कार्यक्रम ल्याउन अपिल गर्दै जनताको साथमा आफुहरु सधै सारथी बनेर उभिने बताउनुभयो ।

तालिम उपलब्धिमुलक भएको प्रशिक्षार्थी सुशिला भट्टराईले बताउनुभयो  ।महिलाहरु सधै चुलोचौकोमा सिमित रहेको प्रति दुखेसो पोख्दै अब सिपमुलक तालिमबाट आत्मनिर्भर बन्न तर्फ केन्द्रीत भएको उल्लेख गर्नुभयो । आधारभुत मात्र नभई थप एडभान्स तालिम ल्याउन महिलाहरुले माग गरेका छन् । नवरत्न माविको हलमा भएको कार्यक्रममा वडाका ६० जना महिलाहरुले सो तालिम लिएका थिए ।
      

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update